इलाम–२ मा कांग्रेसका खड्काले दर्ता गराए उम्मेदवारी 

राम्रो अनलाइन     २४ चैत २०८०, शनिबार
इलाम–२ मा कांग्रेसका खड्काले दर्ता गराए उम्मेदवारी 


इलाम–आगामी वैशाख १५ गते इलाम–२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थितिमा खड्काले मनोनयन दर्ता गराएका हुन् । खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा आठौं क्रममा मनोनयन दर्ता गराएका हुन् ।

पञ्चेबाजा सहितको मनोनयन गर्न आएको नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको र्‍यालीले इलाम नगर समेत परिक्रमा गरेको थियो । एमालेका सुहाङ नेम्वाङ, पहिचानपक्षधर उम्मेदवार डकेन्द्रसिं लिम्बु थेगिमलगायत ७ जनाले यसअघि नै उम्मेदवारी दर्ता गराइसकेका छन् । रास्वपाले भने पार्टी उपसभापति डीपी अर्याललाई पर्खिरहेको छ ।

प्रतिक्रिया