हुण्डाइको ‘ह्वील्स अफ चेञ्ज’ अफर सार्वजनिक 

राम्रो अनलाइन     १९ साउन २०८०, शुक्रबार
हुण्डाइको ‘ह्वील्स अफ चेञ्ज’ अफर सार्वजनिक 

 

काठमाडौं– नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘ह्वील्स अफ चेञ्ज’ नामक एक्सचेञ्ज अफर सार्वजनिक गरेको छ । १८ साउनदेखि सुरु भएको यो योजना हुण्डाई नेपाल अन्तर्गतको हुण्डाइ प्रोमिसको सहकार्यमा ५ प्रतिष्ठित कार एक्सचेञ्ज बिक्रेताहरुसँगको साझेदारीमा ल्याइएको हो । आफ्नो कुनै पनि ब्राण्डको गाडी ल्याएर हुण्डाइको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त वा विद्युतीय उत्पादनसँग एक्सचेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

हुण्डाइले आफ्ना ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी ‘ह्वील्स अफ चेञ्ज’ योजना ल्याएको छ । जस अन्तर्गत काठमाडौं अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रालि, आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेज् गरी ५ प्रतिष्ठित एक्सचेञ्ज पार्टनर्सहरुसँग सहकार्य गरेको छ ।

यो योजना नेपालभर नै लागू हुने भएकोले उपत्यका बाहिर यो योजनामा सहभागी हुन आफ्नो नजिकैको हुण्डाइको शोरुममा जान सकिनेछ । यो योजना अन्तर्गत हुण्डाइको विभिन्न उपलब्ध मोडलहरुमा ५ लाख रुपैयाँको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्मको एक्सचेञ्ज बोनस र २५ हजार रुपैयाँसम्मको एसेसरिज पनि प्राप्त गर्न सक्नेछन् ।

एक्सचेञ्ज पार्टनर र हुण्डाइ शोरुममा गएर हुण्डाइ गाडीको टेष्ट ड्राइभ गरी आकर्षक उपहारहरु पनि जित्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस एक्सचेञ्ज योजना सहभागी भई उत्कृष्ट प्रविधिद्वारा निर्मित र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका हुण्डाइका कम्प्याक्ट एसयूभी, एसयूभी, ईभी तथा ह्याचव्याक मध्येबाट आफ्नो रोजाइ र आवश्यकता अनुसार छनौट गर्न सक्नेछन् । सबै हुन्डाइका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया