गण्डकी प्रदेशसभा बैठकमा काँग्रेसको विरोध

राम्रो अनलाइन     २३ वैशाख २०८१, आइतबार
गण्डकी प्रदेशसभा बैठकमा काँग्रेसको विरोध

गण्डकी–गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभा बैठकबाट लिएको विश्वासको मत लिने प्रक्रियाप्रति नेपाली कांग्रेसले असहमति जनाएको छ । सभामुखबाहेक प्रदेशसभामा कायम हुन आउने ५९ सदस्यमध्ये ३० बहुमत सदस्यको समर्थनका आधारमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरिएपछि कांग्रेसका प्रदेशसभा सदस्यले प्रदेशसभा बैठकमा नाराबाजी गरेका थिए। 

संविधानको धारा १८८ को उपधारा ३ मा भएको व्यवस्था अनुसार प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्यामध्येबाट बहुमत प्राप्त गर्नुपर्नेमा सो प्रक्रिया पूरा नगरी सभामुखले संसदीय अभ्यास र परम्परा विपरीत विश्वासको मत पाएको घोषणा गरेको जनाउँदै  कांग्रेसले असहमति प्रकट गरेको हो । कांग्रेस प्रदेशसभा ससंदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त निर्णय असंवैधानिक भएको जनाउँदै कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने बताए। 

कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले ६० सदस्यीय प्रदेशसभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ३१ सदस्यको समर्थन हासिल गर्नुपर्ने बताए। नेता पाण्डेले सभामुखले कुनै दलिय पक्षधरता नलिइ संविधान र प्रदेशसभा नियमावलीको अधिनमा रही तटस्थ भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे। 

सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको पछिल्लो पैmसलाका आधारमा नेकपा ९एमाले०का २२, नेकपा (माओवादी केन्द्र) सात र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ३० प्रदेशसभा सदस्यको बहुमतका आधारमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए।
 

प्रतिक्रिया