एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई

राम्रो अनलाइन     ०१ वैशाख २०८१, शनिबार
एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई


खोटाङ–नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई  विजयी भएका छन्।  शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई चयन गरेको हो । 

अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गरेका थियो भने उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले  एक सय ८७ मत पाउनुभएको प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले बताए । दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१४ बुइपा निवासी राई सातौँ जिल्ला अधिवेशनमा उपाध्याक्ष निर्वाचित भए । 

पार्टीको जिल्ला उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी हुनुभएको छ । पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। 

एक उपसचिवका लागि सातजनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा विजयी भए । समावेशी उपसचिवमा कविता राई विजयी भइन् । आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर चुनिएका छन्। 

यसैगरी, एकजना दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ दुई सय ११ मतसहित विजयी भए । दलित कोटामा चारजनाको प्रतिस्पर्धा भएको थियो । दलित महिला कोटामामा रेखा रम्तेल एक सय ५० मत ल्याएर विजयी भइन् । उक्त कोटामा तीनजनाको प्रतिस्पर्धा भएको थियो । 

खुला महिला कोटामा कुसुम राई, प्रतिमा बिष्ट (पौडेल), पुण्यकुमारी मगर र हीराकुमारी वन (गिरी) विजयी भए । खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी भए। पाँच जनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ । 

प्रतिक्रिया