एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

राम्रो अनलाइन     ०८ फागुन २०८०, मङ्गलबार
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौँ– समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बैठक सो पार्टीको केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा बस्दैछ । 

बैठकमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका कार्यसूची तथा समसामयिक प्रस्ताव रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
 
बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन्। साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणामा छलफल हुनेछ । बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।
 

प्रतिक्रिया