एमाले अध्यक्ष ओलीद्वारा पाँचपोखरीको प्रशासिनक भवन उद्घाटन

राम्रो अनलाइन     १७ माघ २०८०, बुधबार
एमाले अध्यक्ष ओलीद्वारा पाँचपोखरीको प्रशासिनक भवन उद्घाटन


सिन्धुपाल्चोक–जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासनिक भवनको पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्पा ओलीले उद्घाटन गरेका छन्। उक्त भवन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकबाट रु दुई  करोड ३७ लाख ६० हजार तीन सय ७, सङ्घीय समपूरक अनुदान  रु तीन करोड ८४ लाख र पाँचपोखरी थाङपाल गाउँपालिकाबाट रु चार करोड ८७ लाख ८२ हजार आठ सय ५४ गरी जम्मा रु ११ करोड ९४ लाख तीन हजार एक सय ६१ को लागतमा निर्माण भएको हो । पाँच वर्षमा निर्माण पूरा भएको उक्त भवनमा ३५ कोठा छन् ।

त्यस अवसरमा पूर्वप्रधानमन्त्री ओलीले पालिकाहरुले नयाँ भवन निर्माण भएसँगै गुणस्तरीय सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड दिए । उनले पाँचपोखरीमा जैविक उत्पादनलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गरे । ‘यहाँका स्थानीय उत्पादनले बजार पाए यहाँका स्थानीयको आय आर्जनमा सहयोग पुग्नेछ,’ नेता ओलीले भने  । उनले   उत्पादनलाई बढाउन आग्रह पनि गरे। 

पूर्वप्रधानमन्त्री ओलीले मेलम्ची –पाँचपोखरी– भोताङ बाटो कालोपत्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताए । साथै उहाँले पाँचपोखरीको पर्यटन प्रवर्द्धनका जोड दिए।गाउँपलिकाका अध्यक्ष टासी लामाले भवन निर्माणमा सघाउने सबैमा आभार प्रकट गर्दै हिमाली पालिका पाँचपोखरीको   विकासमा सहयोग गर्न आग्रह गरे।
 

प्रतिक्रिया