दिल्लीका मुख्यमन्त्रीद्वारा कोरोनाको तेस्रो लहर विरुद्ध अहिलेदेखि नै तयारी

एजेन्सी     २१ जेठ २०७८, शुक्रबार
दिल्लीका मुख्यमन्त्रीद्वारा कोरोनाको तेस्रो लहर विरुद्ध अहिलेदेखि नै तयारी

नयाँ दिल्ली, २१ जेठ (पिटिआई) :  भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाभाइरसको तेस्रो महामारी विरुद्ध तयारी सुरु गरेका छन् । 
उनले सरोकारवालाहरुसँग यसअघि झै शुक्रबार पनि छलफल गर्न लाग्नु भएको अधिकारीहरुले जनाएका छन् । 

तेस्रो चरणको महामारीका बेलामा हुन सक्ने सम्भावित क्षति र त्यसको न्यूनीकरण तथा नियन्त्रणका लागि गर्न सकिने उपायहरुका बारेमा उनले परामर्श लिन थालेका छन् । 

दिल्ली सरकारले तेस्रो महामारी विरुद्ध लड्नका लागि तयारी गर्न गत मे २७ मा १३ सदस्यीय एउटा समिति समेत गठन गरेको छ । 
उनीहरुले पनि विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरेर सरकारलाई सुझाव दिने उनले जानकारी दिए । 

स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचना, अक्सिजन प्लान्ट, औषधीको पर्याप्ततालगायतका विषयमा ध्यान दिनु पर्नेमा अधिकांशको सुझाव रहेको पाइएको छ । 

मुख्यमन्त्री केजरीवालले अर्को ८ सदस्यीय विज्ञ टोली पनि बनाउनु भएको छ । त्यसले तेस्रो चरणको महामारी व्यवस्थापनमा सुझाव सल्लाह दिने बताइएको छ ।

प्रतिक्रिया