धनुषाको तीन वडाध्यक्षमा कांग्रेस विजयी

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै
राम्रो अनलाइन     ०१ जेठ २०७९, आइतबार
धनुषाको तीन वडाध्यक्षमा कांग्रेस विजयी


जनकपुर– जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादवले एक हजार १४३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लभकुमार अधिकारीले ५४१ ले मत प्राप्त गरे । 

मिथिला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका जोगी महतो ७३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी महतोले ६५८ मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै धनुषाको सबैला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा पनि  कांग्रेसका मिथिलेश साह निर्वाचित भएका छन् ।  जनकनन्दनी गाउँपालिकाको वडा नम्बर १ को वडाअध्यक्षमा भने नेकपा (एकीकृत समाजवादी) का सन्तोष गोइतले ४१२ मतप्राप्त गरी निर्वाचित भएका छन् । 

निर्वाचन अधिकृत ठूलोबाबु दाहालका अनुसार वडासदस्यमा सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमलादेवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित भएका छन् । 

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायम राखेका छन् । 

उनले ८६९ मतका साथ अग्रता कायम राख्नुभएको छ भने एमालेका उम्मेदवार शिवशङ्कर साह ले ४६१ मत प्राप्त गरेका छन् । 
यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले २४४ मत, लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले १६४ तथा जसपाका लालकिशोर साहले १४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
 

प्रतिक्रिया