गत २४ घण्टामा ३४८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ९६९ पुगेको छ ।
यसैगरी मंगलबार ४४१ ज्ना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा ३ हजार ७६४ सक्रिय कोरोना संक्रमित रहेका छन् ।