काठमाडौं – दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहीबार (चैत १२) बिहान ८ः३२ मा दार्चुलाको मुराई केन्द्रविन्दु भएर धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, ४ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि सोमबार (चैत ९)मा बझाङ केन्द्रविन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सोमबारै बिहान ३ बजेर ५१ मिनेटमा दार्चुलाको मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।