बुढासुब्बा गोल्डकप : मोरङ फाइनलमा

राम्रो अनलाइन     ३० फागुन २०८०, बुधबार
बुढासुब्बा गोल्डकप : मोरङ फाइनलमा


धरान–मोरङ फुटबल एसोसिएसन सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा आज भएको सेमिफाइनल खेलमा मोरङ फुटबल एसोसिएसनले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । 

मोरङ फुटबल एसोसिएसनका लागि सिमोन लिम्बू, धीरेन क्षेत्री, आदित्य शाक्य, सागर तिरुवा र अशोक खवासले गोल गरेका थिए । धरानका लागि दोर्जे तामाङ, विजय राई, अनिल राई र सुगम जिमीले मात्र गोल गरेका थिए । मिलन लिम्बूले भने गोल गर्न सकेनन् । 

आजको खेलको म्यान अफ दी म्याच मोरङका गोलरक्षक पूर्ण चेम्जोङ घोषित भइ रु १० हजार पुरस्कार प्राप्त गरे । बिहीबार अर्को सेमिफाइनल खेल एनआरटी क्लब, काठमाडौँ र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप  तामाङले जानकारी दिए। 

प्रतिक्रिया