काठमाडौं– बाटोमा हिड्दा ठोक्किएको निहुँमा काठमाडौंमा एक जनाको हत्या भएको छ। बत्तिसपुतलीमा बाटो हिड्ने क्रममा एकआपसमा ठोक्किएको निहुँमा विवाद बढ्दै गएपछि हत्या भएको हो।
मोरङ घर भई हाल काठमाडौं बत्तिसपुलतीस्थित कुमारी टोलमा बस्दैँ आएका २४ वर्षीय शम्भु धिमालको शनिबार राति साढे ७ बजेतिर हत्या भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शनिबार राति बाटो हिँड्दा ठोक्किएको निहुँदामा ४ जना किशोरसँग धिमालको विवाद भएको थियो । त्यही विवादपछि किशोरको समूहले चक्कु प्रहार गरी हत्या गरेको पाइएको एसपी अधिकारीले बताए ।
धिमालको हत्या आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ परेका १८ वर्षभन्दा कम उमेरका रहेकाले प्रहरीले उनीहरूको नाम, ठेगाना सार्वजनिक गरेको छैन ।