बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, बानियाँ मुख्यमन्त्री बन्ने

राम्रो अनलाइन     १८ साउन २०८२, आइतबार
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, बानियाँ मुख्यमन्त्री बन्ने

काठमाडौ- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पदबाट राजीनामा दिने भएका छन्। मुख्यमन्त्री लामाले आइतबार नै प्रदेशप्रमुख सक्षम राजीनामा बुझाउने बताइएको छ।

लामाले राजीनामा दिएपछि नेपाली कांग्रेस बागमती, प्रदेश संसदीय दलमा नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने भएका छन्।

मन्त्रीहरुले पदबाट राजीनामा दिएर संसदीय दलमा अविश्वासको प्रास्तव दर्ता गरेपछि लामा समस्या थिए। अविश्वासको प्रस्ताव पारित भएर संसदीय दलको नेता पद गुमाएका लामाले मुख्यमन्त्रीबाट भने राजीनामा नदिने अडान राखेका थिए। यद्यपि पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाको सल्लाह र निर्देशन पछि लामा राजीनामाको लागि तयार भएका हुन्।

मुख्यमन्त्री लामा साउन १४ गते पार्टी संसदीय दलको नेतामा बानियाँसँग पराजित भएका थिए। दलको नेतामा हार बेहोरेपछि उनलाई पार्टीभित्रबाट राजीनामा दिन दबाब बढेको थियो।

प्रतिक्रिया