बागमती प्रदेश : संसद् अधिवेशन बोलाउन एमालेको माग

राम्रो अनलाइन     २६ माघ २०८०, शुक्रबार
बागमती प्रदेश : संसद् अधिवेशन बोलाउन एमालेको माग

मनहरी – नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले  प्रदेशसभा अधिवेशन छिटो बोलाउन माग गरेका छन् । 

एमाले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै नेता थपलियाले सरकारसँग बैठक बोलाउन माग गरेका हुन् । उनले बैठक नबोलाएकोमा सरकारप्रति शङ्का लागेको बताए ।   प्रदेश सरकारले सीमित व्यक्ति र क्षेत्रमा बजेट किताबमा समावेश नभएका योजनामा बजेट विनियोजन गर्ने काम गरिरहेको नेता थपलियाको आरोप थियो । 

 सरकारले माघ महिनाको अन्त्यसम्ममा समेत संसद् अधिवेशन आह्वान नगरे २५ प्रतिशत सांसदको हस्ताक्षर सङ्कलन गरी बैठक आह्वान गर्न दबाब दिने नेता थपलियाले पत्रकार सम्मेलनमा बताए। विपक्षी दलले दिएको सुझाव र सम्झौता सरकारले कार्यान्वयन नगरे अन्य कदम चाल्ने नेता थपलियाको  भनाइ रहेको छ ।
 

प्रतिक्रिया