अँगालो हाल्नुका फाइदैफाइदा

राम्रो अनलाइन     ०९ फागुन २०७७, आइतबार
अँगालो हाल्नुका फाइदैफाइदा

अँगालो हाल्दा मानिसले एकअर्कासँग जोडिएको महसुस गर्छन्। आत्मीयता महसुस गर्छन्। सम्बन्ध सुमधुर बनाउन अँगालो प्रभावकारी छ। यति मात्र नभई अँगालो हाल्नुका शारीरिक र मानसिक फाइदा पनि छन्।


–साथी वा परिवारको सदस्य जो पीडाबाट गुज्रिरहेको छ, उसलाई अँगालो हाल्नुपर्छ। आत्मीय स्पर्शले उसको तनाव कम गर्न मद्दत गर्छ। 

–अँगालो हाल्नु मुटुको स्वास्थ्यका लागि राम्रो हो। दुई सय जनामा गरिएको एक अध्ययनअनुसार १० मिनेटसम्म एकअर्काको हात समातेर बसेका व्यक्तिको रक्तसञ्चार, हृदय गति अरूको तुलनामा ठीक थियो। सुमधुर सम्बन्धले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ।

–मानव शरीरमा अक्सिटसिन नामक हर्मोन पाइन्छ। यस हर्मोनले मान्छेलाई खुशी बनाउँछ। कसैलाई अँगालो हाल्दा, प्रेमले स्पर्श गर्दा वा नजिक बस्दा यो बढ्छ। जसले गर्दा खुशी बढ्छ र तनाव घट्छ। 

–प्रेमपूर्वक कसैलाई अँगालो हाल्दा मान्छेको मनमा भएको डर, चिन्ता घट्छ। 

–अँगालो हाल्नुले मान्छेको आत्मविश्वास बढाउँछ। आफू महत्त्वपूर्ण व्यक्ति भएको महसुस गराउँछ।

–एक अध्ययनअनुसार स्वस्थ रहन दिनमा कम्तीमा चार पटक अँगालो हाल्नुपर्छ। स्वस्थ शारीरिक विकासका लागि दिनमा १२ पटकसम्म अँगालो हाल्नुपर्छ।

प्रतिक्रिया