काठमाडौँ– अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने अभियुक्तको तस्बिर सार्वजनिक भएको छ । ह्युस्टन प्रहरीले बुधबार तस्बिर सार्वजिनक गरेको हो। अभियुक्तको पहिचान भने खुलिसकेको छैन। अमिरकामा प्रकाशन हुने नेपाली अखबाबर नेप्योर्कका अनुसार प्रहरीले व्यक्तिको पहिचान खुलिनसकेको जनाएको छ।
गत सोमबार ह्युस्टनस्थित अपार्टमेन्टमा गोली लागेर मृत अवस्थामा २१ वर्षीया मुना फेला परेकी थिइन्। २ वर्षअघि अमेरिका मुना अमेरिका पुगेकी थिइन्।
सन् २०२२ को जनवरीदेखि उनले हिलक्रफ्टस्थित काठमाण्डुकरी रेष्टुरेन्टमा करिब एक वर्ष काम गरेकी थिइन्।
मुनाकी आमा काठमाडौँ बस्दै आएकी छन्। मातापिताको सम्बन्धविच्छेद भइसकेकाले अमेरिका प्रस्थान गर्नुअघि मुना आमासँग बस्दै आएकी थिइन्। एकल आमाले हुर्काएकी मुना एक्ली सन्तान हुन्।