अध्यक्ष ओलीमाथि मुक्का प्रहार

राम्रो अनलाइन     २८ मंसिर २०८०, बिहिबार
अध्यक्ष ओलीमाथि मुक्का प्रहार

धनकुटा– मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् ।
ओलीको स्वागतमा लाइनमा बसेकाहरुको बीचबाट राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका हुन् ।

एक मुक्का हानेपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले समातेका थिए । उनले मुक्का हान्नुको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

गत मङ्सिर १४ गतेदेखि सुरु भएको सङ्कल्प यात्राअन्तर्गत बुधबार  भोजपुरको पूर्वका गाउँपालिकामा हुने भेटघाट कार्यक्रममा सहभागी भएर आज धनकुटा हुँदै तेह्रथुम पुग्ने कार्यक्रम रहेको थियो। 
 

प्रतिक्रिया