अभिनेत्री जिशु कोइराला भन्छिन्–‘अध्यायनको थकाई मेट्न अभिनय गर्छु’

राम्रो अनलाइन     १४ असार २०८१, शुक्रबार

चर्चित मोडल तथा अभिनेत्री जिशु कोइरालाको पुर्खौली घर काठमाडौँको लाजिम्पाटमा हो । उनको बाल्यकाल जापानमा बित्यो । ५ वर्षकी हुँदा उनी अभिभावकसँग क्यानडा पुगिन् । उनले विद्यालय शिक्षा अर्थात कक्षा १२ सम्म क्यानडामा अध्यायन गरिन् । ‘म २ वर्षको हुँदा जापान पुगेकी थिएँ । ५/६ वर्षको हुँदा अभिभावकसँग क्यानडा गएँ’ जिशु भन्छिन्, ‘स्कुल एजुकेशन पछि उच्च शिक्षा पढ्न र आफूलाई हृदयदेखि नै गर्न मन लागेको मोडलिङका तथा अभिनयका लागि नेपाल फर्किएकी हुँ ।’

जिशु चितवनको पुरानो मेडिकलेजमा एमबीबीएस अध्यायनरत छिन् । एमबीबीएस तेस्रो वर्षको अन्तिम परीक्षा दिइसकेकी उनी अध्यायनसँगै मोडलिङमा पनि उत्तिकै व्यस्त छिन् । विशेष गरेर म्युजिक भिडियोमा उनको उत्कृष्ट अभिनय देख्न पाइन्छ । दर्शकहरूले उनलाई खुबै रुचाएका छन् । म्युजिक भिडियो निर्माता तथा गायक/गायिकाहरूले पनि उनलाई आफ्नो गीतमा अभिनय गराउनका लागि अफर दिइरहेका हुन्छन् ।

क्यानडामा स्कुल एजुकेशन सकेपछि किन उत्तै मेडिकल एजुकेशन नपढेर नेपाल आउनु भयो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘क्यानडामा मेडिकल बाहेक अर्को विषयमा स्नातक नगरी एमबीबीएस पढ्न पाइँदैन । अर्थात एमबीबीएस गरिसक्दा डबल स्नातक गर्नुपर्ने हुन्छ ।’ तर म यही करणलेमात्रै नेपाल फर्किएकी होइन् । मलाई मेडिकल अध्ययनसँगै आर्टमा पनि खुबै रुची भएकाले त्यही रुची पूरा गर्नकालागि पनि नेपाल फर्किएकी हुँ । 

प्लस टू पछि एमबीबीएस पढ्न पनि पाइने र मोडलिङलाई अगाडि बढाउन सकिने भएपछि म दयाँ बायाँ केही नसोची नेपाल फर्किएकी हुँ जिशु भन्छिन् । ‘एमबीबीएसको पढाई त्यति सजिलो छैन । पर्याप्त समय दिनुपर्ने हुन्छ । पढ्दा पढ्दा यति थाकिन्छ कि त्यही थकान मेटाउन अभिनय गर्ने गर्छु’ उनी भन्छिन् । पढाइबाट ब्रेक मिलेका बेला, क्लास विदा भएका बेला पारेर उनी म्युजिक भिडियाको सुटिङमा निस्कने गरेकी छिन् । चितवनबाट सजिलै पुग्न सकिने र धेरै दिन नलाग्ने खालका प्रेजेक्टहरू लिने गरेको छु जिशु भन्छिन् । 

डाक्टर पढिरहेकी छोरीले मोडलिङ पनि गरिरहेको देखेर जिशुका अभिभावक पनि दंग छन् । ‘मेरो बाबा ममीले आर्ट एकदमै मन पराउनु हुन्छ । उहाँहरूले नै हो मलाई इन्करेज गरेको । पढाईसँगै कला क्षेत्रमा लाग्नु पर्छ भन्नुहुन्छ, जिशु भन्छिन्, ‘पढाईले थाकेर चुर भएका बेला अभिनय गर्न पाएपछि मैले सारा थकान मेट्छु र आफूलाई इनरजाइज गर्छु । 

जिशुले डान्स सिकेकी छिन् । बलिउड क्लासिक डान्स गर्छिन उनी । उनले केही व्यवसायिक विज्ञापनहरूमा पनि काम गरेकी छिन् । उनी भविष्यमा कुशल चिकित्सकसँगै एउटा राम्रो आर्टिस्ट बन्ने आफ्नो लक्ष्य रहेको बताउँछिन् । भविष्यमा कार्डियोलोजी, रेडियोलोजी वा एनेथेसिस्टमध्ये एउटामा विशेषज्ञता हासिल गर्ने जिशु बताउँछिन् । 

उनले पहिलो पटक अभिनय गरेको गीत हो लाजले छोपेको (हेर्ने हो र देखाईदिम) हो । यो गीत दर्शकहरूले धेरै नै मन पराए । यो गीतमा जीशुले चर्चित मोडेल पुष्प खडकासँग अभिनय गरेकी छिन । पहिलो गीतमा नै उनले उत्कृष्ट अभिनय गरेपछि दर्शकले उनलाई नोटिस गरे र म्युजिक भिडियोका मेकरहरूले उनलाई स्थान दिन थाले । जसको कारण उनको चर्चा बढ्यो । उनले अहिलेसम्म करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । 

यसैबीच जिशुले फिल्म ‘अस्ट्रेलियन दुल्हा’ मार्फत फिल्ममा डेब्यु गरेकी छिन् । फिल्म ‘अस्ट्रेलियन दुल्हा’को छायांकन चितवनमा भइरहेको छ । म्युजिक भिडियोकी अब्बल कलाकार जिशुले फिल्ममा पनि उत्कृष्ट अभिनय गर्न प्रयत्न गर्ने बताइन् ।

प्रतिक्रिया