नेपालमा कोरोना खोप अभियान अन्तर्गत आजदेखि दोस्रो चरणको खोप कार्यक्रम सुरु हुँदैछ । आजदेखि पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिइनेछ ।
यसका लागि ४ वटा अस्पताल तोकिएका छन् । पत्रकारका लागि सिभिल अस्पताल। युएन कर्मचारीका लागि पाटन अस्पताल । कूटनीतिक नियोगका कर्मचारीका लागि शिक्षण अस्पताल र गंगालाल अस्पताल तोकिएको छ । दोस्रो चरणको खोप कार्यक्रम शुक्रबारसम्म चल्नेछ ।
पत्रकारका लागि सूचना विभागको कार्ड अनिवार्य गरिएको छ । तर पत्रकार महासंघले भने सम्बन्धित कार्यरत सम्बन्धित संस्थाको परिचयपत्रबाट पनि खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्यकर्मी, सफाइकर्मी, शव व्यवस्थापक, कैदी, खोप केन्द्रमा खटिएका सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति र उनीहरुको हेरचाहमा खटिएका व्यक्तिलाई दिइएको थियो । पहिलो चरणमा १ लाख ८४ हजार जनाले खोप लगाएका थिए ।
भारतले अनुदानमा दिएको कोभिशिल्ड खोप अभियानमा प्रयोग भइरहेको छ ।