९३ प्रहरीलाई कोभिड-१९ संक्रमण

प्रहरी प्रधान कार्यालयमा मात्रै ४५ संक्रमित
राम्रो अनलाइन     १४ वैशाख २०७८, मङ्गलबार
९३ प्रहरीलाई कोभिड-१९ संक्रमण

काठमाडौँ । नेपालभरका ९३ जना प्रहरीमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ जना प्रहरी अधिकारीमा संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता कुवेर कठायतले जानकारी दिए  

सोमबारसम्म नेपालभरिका ९३ प्रहरीहरू संक्रमित भइसकेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतका कार्यालयमा पनि २२ जनामा संक्रमण देखिएको छ । 

कोरोना संक्रमणकै कारण केही प्रहरी अधिकारीहरूको मृत्युसमेत भइसकेको छ।  पछिल्लो केही समय नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ।

प्रतिक्रिया