मतगणना : कर्णाली ‘अपडेट’ 

राम्रो अनलाइन     ०६ मंसिर २०७९, मङ्गलबार
मतगणना : कर्णाली ‘अपडेट’ 

कर्णाली– जुम्लामा प्रतिनिधिसभा सदस्यका राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतले अग्रता लिएका छन् ।

प्रतिनिधिसभातर्फ दुई हजार ७१ मत गणना हुँदा राप्रपा उम्मेदवार शाहीले एक हजार २९० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी धर्म स्वाँरले जानकारी दिए । 

गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गोमा गौतम (कुँवर)ले ५२२, नेकपा (एमाले)का रतननाथ योगीले १०१, नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ५३ मत प्राप्त गरेको उननले जानकारी दिए । उनका अनुसार स्वतन्त्र उम्मेदवारले १० मत प्राप्त गरेका छन् भने ९५ मत बदर भएकोछ । आइतबार सम्पन्न मतदानमा जुम्लामा ४४ हजार ६१४ मत खसेको थियो । 

दैलेख–१ मा पूर्व सहकर्मीबीच टक्कर 

दैलेख क्षेत्र नं १ मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) अम्मरबहादुर थापा र नेकपा एमालेका रबीन्द्रराज शर्माबीच टक्कर देखिएको छ ।

हाल दुई हजार ८५२ मत गणना हुँदा शर्माले एक हजार ३६१ मत प्राप्त गरेका छ भने सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले एक हजार २०९ मत प्राप्त गर्नुभएको छ । राप्रपा उम्मेदवार कुन्तीकुमारी शाहीले ८१ मत प्राप्त गरेकी छिन् । 

सल्यानमा ज्वाला अगाडि

सल्यानमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वालाले अग्रता कायम गरेका छन् । उनले दुई हजार ५१६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले एक हजार ६३७ मत प्राप्त गर्नुभएको छ भने त्यस्तै नेकपा एमालेका राजेन्द्रवीर रायले ५२१ मत प्राप्त भएको छ ।

सुर्खेत– २ मा कांगे्रसका थानीको फराकिलो अन्तर

सुर्खेत क्षेत्र नं २ मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार कांग्रेसका हृदयराम थानीले अग्रता कायमै राखेका छन् । कुल १० हजार ७९ मत गणना हुँदा थानीले पाँच हजार ११८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अमृत बिसीले तीन हजार ६७४ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया