पशुपति र जानकीको ‘ढाड दुखेर करक्कै’

राम्रो अनलाइन     ०५ भदौ २०७८, शनिबार

६ वर्ष अगाडि ‘ढाड दुखेर मार्यो’बोलको गीत ल्याएका पशुपति शर्मा र जानकी तारामी मगरले ‘ढाड दुखेर करक्कै’बोलको तीज गीत ल्याएका हुन् । गीतमा गायक पशुपति शर्माकै शब्द, संगीत र विश्वास नेपालको एरेन्ज छ । गत शुक्रबार यस गीतको भिडियो गायिका जानकीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

दुर्गा पौडेलको छायाँकन एवं निर्देशन, सुमन थापा मगरको कोरियोग्राफीमा तयार भिडियोमा कलाकार बुद्धि तामाङ्ग र मोडल करिष्मा ढकालले अभिनय गरेका छन् । नविन घर्ती मगरले सम्पादन गरेको भिडियोले अहिलेसम्म २ लाख ५५ हजार भ्यूज पाएको छ ।

प्रतिक्रिया