औषधि विज्ञानमा गोयबल्स प्रभाव

योगी विकासानन्द     २८ जेठ २०७८, शुक्रबार
औषधि विज्ञानमा गोयबल्स प्रभाव

निश्चित देश, वर्ग र व्यापारीलाई हाम्रो शरीरलाई प्रयोगशाला बनाएर धनी बन्नु छ । उनीहरूलाई धनी बनाउन हामी गोयबल्स शैलीमा गरिएका उनीहरूकै प्रचारलाई पत्याइरहेका छौँ । सत्य मानिरहेका छौँ ।



जर्मन तानाशाह हिटलरको नकारात्मक पाटोलाई लुकाएर उनलाई महान् र असल मानिसका रूपमा लोकसामु परिचित गराउन जोसेफ गोयबल्सले गरेको प्रचारशैली विश्वभर चर्चित छ । उनको प्रचारको तौरतरिकालाई ‘गोयबल्स शैली’का नामले आज पनि सम्झना गरिन्छ । करिब ७५ वर्षअघि गोयबल्सले गरेको प्रचारशैली बारम्बार बहसमा आउनुको कारण के हो ? उत्तर सरल छ, झुटलाई पटक–पटक र दोहो¥याएपछि लोकलाई उक्त झुट नै सत्यका रूपमा स्विकार्न बाध्य पार्ने अवस्थाको निर्माण गोयबल्सले जत्तिको प्रभावकारी रूपमा अरूले गरेका थिएनन् । उनले हिटलरलाई ‘जर्मनीको देवता’का रूपमा प्रचार गरे र आम जनतालाई विश्वास गर्न बाध्य पारे । झुटलाई बारबार दोहो¥याइयो भने उक्त झुट नै सत्य बन्छ भन्ने नजिर गोयबल्सले स्थापित गरे । नेपाली राजनीतिमा पनि बेला–बेला गोयबल्सको चर्चा हुने गरेको छ । खास गरी आफ्ना विरोधीले आफूमाथि लगाएका आरोप निराधार छन् भनेर प्रस्ट्याउनुप¥यो भने नेपाली नेता पनि गोयबल्सलाई सम्झने गर्छन् । आरोप लागाउनेहरूको आरोपलाई ‘गोयबल्स शैली’को प्रचारका रूपमा अथ्र्याउने गर्छन् । 

गोयबल्सलाई खास गरी राजनीतिक विषयमा बढी बहसमा ल्याइने गरिन्छ । तर, शिक्षा, संस्कृति र परम्पराले हामीलाई गोयबल्स शैलीमै प्रभावित पारेको छ कि छैन ? हामीले जुन–जुन विषयलाई ‘सत्य’ मानेर अनुसरण गरिरहेका छौँ, ती वास्तवमै सत्य हुन् कि होइनन् ? जसरी शिक्षा (स्कुल र विश्वविद्यालयको) ले हामीलाई महान् बनाउँछ भनेर हामी पत्याइरहेका छौँ र सोही अनुरूप शिक्षामा जोड दिइरहेका छौँ, त्यो वास्तवमै सत्य छ कि छैन ? संस्कृति र परम्पराबाट निर्देशित भएर हामीले जस्तो जीवनशैली अनुसरण गरेका छौँ, त्यो सत्य हो कि होइन ? यस्ता विषयमा हामी सामान्यतः बहस गर्दैनौँ । तर, वास्तविकता के हो भने हजार पटक झुटलाई सत्य भनेर प्रचारित गरिदिँदा हामी झुटलाई सत्य मान्न विवश छौँ । यस्तै सत्यका रूपमा स्विकारिएको एउटा क्षेत्र हो, वर्तमान ‘मेडिकल साइन्स’का कतिपय विषय । चिकित्सा विज्ञानले सत्यका रूपमा हामीलाई स्विकार्न लगाएका कतिपय विषय ‘अर्धसत्य’ मात्र छन् । ती अर्धसत्यलाई हामीले पूर्ण सत्यका रूपमा अनुसरण गर्दा आम मानिसको स्वास्थ्यमा गम्भीर समस्या निम्तिरहेका छन् । 

टिमको प्रयोग

सन् २०१६ मा टिम फ्रिड भन्ने सोखिन वैज्ञानिकले आफ्नो शरीरमा दुई पटक ब्ल्याक माम्बालाई टोकाए । ब्ल्याक माम्बा संसारको सबैभन्दा विषालु सर्प हो । अफ्रिकामा मात्र पाइने यो सर्पले टोकेपछि मानिस २० मिनेटभन्दा बढी बाँच्दैन । तर, ब्ल्याक माम्बाले टोकेपछि पनि टिम फ्रिडमा कुनै पनि प्रकारको शारीरिक समस्या देखापरेन । उनी सामान्य नै रहे । 

टिमले संसारका सबै खाले प्रमुख विषालु सर्पबाट आफूलाई टोकाइसकेका छन् । अस्ट्रेलियामा पाइने टाइपान, अमेरिकामा पाइने ¥याटल स्नेक, भारतीय उपमहाद्वीपमा पाइने गोमनलगायत सर्पले उनलाई १ सय ६० पटकसम्म टोकिसकेका छन् ।  फ्रिडले गरेको कार्य संसारका लागि अनुसन्धान मात्र होइन, सन्देश पनि हो । विषालु सर्पले टोकेपछि मानिसको मृत्य हुन्छ । अझ ब्ल्याक माम्बाले टोकिसकेपछि त लगभग उपचार गर्ने समय नै पाइँदैन । यो आम, सर्वस्वीकार्य र सत्य विषय हो । तर, ब्ल्याक माम्बाले टोकपछि मानिस नमर्न पनि सक्दो रहेछ । जसको उदाहरण टिम फ्रिड हुन् । यसबाट के स्पष्ट हुन्छ भने ‘विषालु सर्पले टोकेपछि मानिस मर्छ’ भन्ने मान्यता मात्र होइन, ‘विषालु सर्पले टोकेपछि मानिस नमर्न पनि सक्छ’ भन्ने मान्यता पनि सत्य हो । 
सर्पले टोकाउने समयमा फ्रिडको शरीरमा विभिन्न उपकरण लगाएर अवलोकन गरियो । उनलाई सर्पको विषले किन प्रभाव गर्दैन भन्ने विषयमा केन्द्रित भएर गरिएको अवलोकनबाट के पत्ता लाग्यो भने उनको शरीरमा सर्पको विष जानासाथ ‘एन्टिबडी’हरू द्रुत रूपमा सक्रिय हुँदा रहेछन् । प्लाज्मा कोषिकाबाट बन्ने एन्टिबडी रोग प्रतिरोधात्मक प्रक्रियाका थुप्रै अंग वा एकाईमध्ये एक हो । एन्टिबडीको सक्रियताका कारण फ्रिडलाई विषालु सर्पको विषले असर गर्न नसकेको रहेछ । 

जीवित जोन्सन

सन् १९८० को दशकमा एड्सका कारण सिंगो विश्व नै आतंकित थियो । रोगको नाम सुन्दा नै मानिस त्राहित्राहि हुन्थे । सोही कालखण्डमा कतिपय अफ्रिकी देशका थुप्रै मानिस मर्ने अवस्थामा पुगेका थिए । सन् १९८१ मा तत्कालीन समयका विश्वप्रसिद्ध बास्केटबल खेलाडी म्याजिक जोन्सनमा पनि एचआईभी देखाप¥यो । सन् १९८१ बाट २०१८ सम्मको ३७ वर्षमा लाखौँ मानिस एड्सका कारण मरिसकेका छन् । तर, जोन्सन आज पनि जीवित छन् । परीक्षण गर्दा उनको शरीरमा एचआईभी भेटिन्छ । तर, उनी ३७ वर्षदेखि एड्स लागेरै बाँचिरहेका छन् । अहिले उनको शरीरमा एचआईभी नभएको भए रोग निको भयो भन्न सकिन्थ्यो । तर, अहिलेका परीक्षणले पनि उनलाई एड्स लागेको स्पष्ट पारिरहेका छन् । यद्यपि, उनी बाँचिरहेका छन् ।
चिकित्सा विज्ञानअनुसार एचआईभी संक्रमित मानिस निश्चित समयपछि मर्छ । तर, जोन्सनका लागि यो मान्यताले कुनै असर गरेको छैन । कसरी कुनै मानिस ३७ वर्षदेखि एचआईभी लिएर बाँच्न सक्छ ? कुरो स्पष्ट छ, रोग प्रतिरोधात्मक क्षमता मजबुत भएकाले । 

पास्चर र बर्नार्ड 
फ्रान्समा उन्नाइसौँ शताब्दीमा चिकित्सा विज्ञानमा युगान्तकारी प्रभाव पार्ने लुई पास्चर र क्लाउडी बर्नार्ड जन्मिएका थिए । तत्कालीन समयमा संसारभर संक्रमणका कारण हरेक वर्ष लाखौँ मानिस मर्थे । पास्चर र बर्नार्डले मानिसलाई कसरी संक्रमण हुन्छ भन्ने विषयमा खोज गरे । पास्चरले कीटाणुका कारण मानिसलाई रोग लाग्छ भनेर पत्ता लगाएको ‘जर्म थिअरी’ विख्यात भयो । 

बर्नाडले रोग लाग्नुको कारण कीटाणु हो भन्ने कुरालाई नकारेनन् तर रोग लाग्नुमा शरीरको वातावरण नै मुख्य जिम्मेवार हुन्छ भन्ने उनको निक्र्याैल थियो । जसलाई पछि गएर ‘होमियोस्ट्यासिस’ नामाकरण गरियो । कीटाणु शरीरमा छिरेर भन्दा पनि शरीरको वातावरण बिग्रेपछि मानिस रोगी हुन्छ भन्ने तथ्यलाई बर्नार्डको खोजले प्रकाश पारेको थियो । शरीरको वातावरण बिग्रनु भनेको क्षार र अम्लको सन्तुलन गुम्नु हो । शरीरमा रहेको अम्लीय र क्षारीय तत्वको सन्तुलनले नै हामी स्वस्थ रहन्छौँ । तर, यो सन्तुलन गुम्यो वा गडबड भयो भने शरीरले रोगलाई आमन्त्रण गर्छ । बर्नार्डले रोग निम्तनुमा कीटाणुलाई मुख्य जिम्मेवार मानेनन्, बरु शरीरको वातावरण नै मुख्य रहन्छ भन्ने ठहर गरे । 

गोयबल्स प्रभाव 
जर्म थिअरीले कीटाणुका कारण रोग लाग्छ भन्ने निर्दिष्ट गरेपछि त्यसको उपचारका लागि सर अलेकज्यान्डर फ्लेमिङले सन् १९२३ मा एन्टिबायोटिक पत्ता लगाए । एन्टोबायोटिकको प्रयोगपश्चात् संसारभरि संक्रमणका कारण मर्ने मानिसको संख्या घट्दै गयो । अहिले पनि हामी अधिकांश संक्रमणजन्य स्वास्थ्य समस्यामा एन्टिबायोटिक प्रयोग गर्दै आइरहेका छौँ । यसले हाम्रो शरीरलाई रोगी बनाइरहेका कीटाणु मारिदिन्छ । तर, शरीरमा ‘गुड ब्याक्टेरिया’ र ‘ब्याड ब्याक्टेरिया’ दुवै हुन्छन् । एन्टिबायोटिकले ब्याड मात्र होइन, गुड ब्याक्टेरिया पनि मार्छ । जसले शरीरलाई नकारात्मक असर पार्छ । एन्टिबायोटिकले शरीरलाई थिलथिलो बनाउँछ । यसरी कमजोर भएको शरीरका कारण बिस्तारै दीर्घ रोगहरूको आधार तयार हुन्छ । ग्यास्ट्रिक र मधुमेहलगायत दीर्घ रोगको बढोत्तरीमा एन्टिबायोटिकको उच्च प्रयोग पनि जिम्मेवार छ । अहिले संसारमा औषधिको दुष्प्रभावबाट ठूलठूला स्वास्थ्य समस्या निम्तिरहेका छन् । खास गरी एन्टिबायोटिकले शरीरको प्राकृतिक प्रक्रियामा असर पार्छ । जब शरीरको प्राकृतिक प्रक्रियामा बाधा पुग्छ, शरीरको प्रतिरोधात्मक क्षमता ह्रास हुँदै जान्छ । फलतः शरीर बिस्तारै दीर्घ रोगहरूको घर बन्न पुग्छ । 

सामान्यतः हामीलाई स्कुल–कलेजमा कीटाणुबाट रोग लाग्छ भनेर पढाइयो । औषधि विज्ञान पनि यही आधारमा नै चलिरहेको छ । कीटाणुबाट रोग लाग्ने कुरा असत्य होइन, न त पूर्ण सत्य नै हो । कीटाणुबाट रोग लाग्छ भन्ने मान्यता अर्धसत्य मात्र हो । सामान्यतया कीटाणुका कारण मानिसलाई रोग लाग्छ र उस्तै पर्दा मृत्य पनि हुन सक्छ । तर, शरीरमा कीटाणु प्रवेश गरेपछि सम्बन्धित व्यक्तिको प्रतिरोधात्मक क्षमता सक्रिय भइदियो भने कीटाणुले असर गर्दैन । जसरी एन्टिबडीहरूको सक्रियताका कारण टिम फ्रिडलाई सर्पको विषले पनि असर गरेन । त्यसैले शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएको मानिसलाई कीटाणुका कारण रोग लाग्छ भनेर बुझ्नुप¥यो । हामीलाई यसरी कहिल्यै पढाइएन । मात्र कीटाणुका कारण रोग लाग्छ भनेर पढाइयो । अर्धसत्यलाई पूर्ण सत्यका रूपमा प्रस्तुत गरिदिँदा मानिस आफ्नो प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउनभन्दा पनि औषधि बनाउन केन्द्रित भयो । 

बर्नार्ड र पास्चरको अनुसन्धानलाई लिएर तत्कालीन फ्रान्समा तीव्र उत्सुकता र बहस भएको पाइन्छ । फ्रान्सका तत्कालीन स्वास्थ्य सम्बद्ध निकायहरूले यी दुई सिद्धान्तमध्ये पास्चरको सिद्धान्तलाई प्रयोगमा लैजाने निर्णय गरे । पास्चर वा उनको जेम थिअरीलाई छनोट गर्नुमा अर्बाैं–खर्बाैं पैसाको सवाल मुख्य थियो । किनकि, कीटाणुलाई प्रमुख मान्नेबित्तिकै औषधि जोडिएर आउँथ्यो । औषधि जोडिनासाथ व्यापार र नाफा जोडिनु स्वाभाविकै हो । बर्नार्डको सिद्धान्तलाई छनोट गरिएको भए शरीरको वातावरण सुरक्षित राख्नुपर्छ भन्नुपथ्र्याे । त्यसलाई सुरक्षित राख्न इन्जेक्सन र औषधि दिएर हुँदैनथ्यो । आहारबिहार र विचारमा परिवर्तन ल्याउनुपर्छ भन्ने शिक्षामा जोड दिनुपथ्र्यो । आवश्यक आराम गर्नु, व्यायाम गर्नु, घाम ताप्नु, प्रकृतिसँग घुलमिल हुनु, सकारात्मक सोच्नुजस्ता विषयलाई महत्व दिँदा व्यापार–व्यवसायको गुन्जाइस हुँदैनथ्यो । 

भनिन्छ– सन् १९९५ मा मृत्यु शैय्यामा लुई पास्चरले आफ्नोभन्दा बर्नार्डको सिद्धान्त ठीक थियो भनेका थिए । पास्चरले के भनेका थिए भन्दा पनि एन्टिबायोटिक औषधिको उच्च प्रयोगले के कस्ता समस्याको शिकार होइँदै छ भन्ने कुरालाई मनन गर्नेबित्तिकै सबै विषय छर्लंग हुन्छन् । 
निश्चित देश, वर्ग र व्यापारीलाई हाम्रो शरीरलाई प्रयोगशाला बनाएर धनी बन्नु छ । उनीहरूलाई धनी बनाउन हामी गोयबल्स शैलीमा गरिएका उनीहरूकै प्रचारलाई पत्याइरहेका छौँ । सत्य मानिरहेका छौँ । समस्या कीटाणु होइन, शरीरको वातावरण हो भनेर आम मानिसले बुझ्नेबित्तिकै औषधि व्यापारको साम्राज्यमा ठूलो आघात पर्छ । यही आघात रोक्न हामीमाथि गोयबल्स शैलीका सूचना र शिक्षा थोपरिएका छन् । 

manokranticentre@gmail.com

 


 

प्रतिक्रिया