हिरासतमा रहेकालाई धरौटीमा छुटाइदिने भन्दै रकम ठगी गर्ने दुईजना पक्राउ

राम्रो अनलाइन     १८ चैत २०८२, बुधबार
हिरासतमा रहेकालाई धरौटीमा छुटाइदिने भन्दै रकम ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं – प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भन्दै रकम ठगी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिकाको मण्डिखाटारका ४५ वर्षीय हरिबहादुर थापामगर र ३७ वर्षीय मिठु मगर भनिने अनिता थापामगर छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा रहेका तीनजना प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोप उनीहरूमाथि छ । 

सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरी उनीहरूलाई धरौटीमा छुटाइदिने भन्दै नौ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया