यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

राम्रो अनलाइन     ०६ चैत २०८२, शुक्रबार
यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२र८३ को हालसम्ममा रु ४८ करोड १९ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ । 

विभिन्न शीर्षकबाट सो राजस्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख भुवन जोशीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट रु ३७ करोड ८३ लाख र सबैभन्दा कम व्यावसायिक रजिष्ट्रेसन दस्तुरबाट रु १२ लाख राजस्व सङ्कलन भएको छ ।

त्यस्तै चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास र लाइसेन्स प्रमाणीकरणबाट रु नौ करोड ३५ लाख ८२ हजार तथा यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदूषण, रुट ईजाजत) बाट रु ८८ लाख २६ हजार राजस्व सङ्कलन भएको छ ।

यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१र८२  मा राजस्वका विभिन्न शीर्षकबाट रु ७५ करोड ५६ लाख २७ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयको बेरुजु रकम भने शून्य रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया