काठमाडौं– ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरी हवल्दारसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत हवल्दार कर्णबहादुर सुनारलगायत व्यक्ति छन् ।
सस्तोमा सुन मिलाइने भन्दै ठगी गरेको आरोपमा सुनारलाई प्रहरीले पक्राउ गरेका हो । सुनार सहितको टोलीले केही दिनअघि सस्तोमा सुन मिलाइदिने भने ६० लाख ठगी गरेको उजुरी परेको थियो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।