रेम्डेसिभिर नेपालमा उत्पादन हुने

राम्रो अनलाइन     ०६ जेठ २०७८, बिहिबार
रेम्डेसिभिर नेपालमा उत्पादन हुने

काठमाडौँ, ६ जेठ : कोभिड–१९ सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ ।  औषधि व्यवस्था विभागले रेम्डेसिभिर  उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो । 

विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका लागि वीरगञ्जस्थित नेशनल हेल्थ केयरलाई अनुमति दिइएको जानकारी दिए । औषधि उत्पादन गर्ने कम्पनीका सबै संरचना हेरेर र उत्पादन गर्ने सक्ने भएपछि मात्र अनुमति दिइएको जनाइएको छ ।
 
यसअघि नेपालमा सो औषधि भारत र बङ्गलादेशबाट ल्याउने गरिएको थियो । औषधिको मूल्य करीब रु पाँच हजार पर्छ ।  नेशनल हेल्थ केयरका उपाध्यक्ष अजय पाण्डेले अनुमति पाइसकेपछि चीनबाट कच्चा पदार्थ ल्याउने तयारी गरिएको जानकारी दिए ।  यही जेठ १७ गतेसम्म औषधिका लागि कच्चा पदार्थ ल्याइने र  १५ दिनपछि उत्पादन गरेर बजारमा पु¥याइने बताइएको छ । 
 

प्रतिक्रिया