काठमाडौँ–ओखलढुंगा विपद् व्यवस्थापन समाजको पाँचौँ साधारणसभाबाट अध्यक्ष पदमा गुरु केदार बराल निर्विरोध निर्वाचित भएका छन् । बराल पोकली झरना सेवा समाजका संस्थापक अध्यक्ष समेत हुन्।
नवगठित कार्यसमितिको उपाध्यक्षमा बाबुराम श्रेष्ठ निर्विरोध निर्वाचित भए। उनी समाजसेवी तथा गाम्नाङटार सेवा समाजका पूर्व अध्यक्ष समेत हुन्। यसैगरी महासचिव पदमा सम्झना प्रेमी, सचिवमा इन्दिरा निरौला, कोषाध्यक्षमा सङ्गीता तामाङ निर्वाचित भए।
यसैगरी सदस्यहरुमा अधिवक्त सुरेन्द्र बोगटी, नेपाली कांग्रेसका युवा नेता कुमार लुटेल, कोशी प्रदेशका पूर्व सभामुख तथा पूर्व अर्थमन्त्री बाबुराम गौतम, सिताराम बानिया, कृष्ण थापा र जेनजी आन्दोलनकी चर्चित व्यक्ति किशोरी कार्की निर्विरोध निर्वाचित भएका छन्।
जेन–जी आन्दोलनकी चर्चित व्यक्तित्व कार्की ओखलढुंगा विपद् व्यवस्थापन समाजको पाँचौँ साधारणसभाबाट कार्यसमिति सदस्यमा निर्विरोध चयन भएकी हुन् । युवापुस्तामाझ सामाजिक सचेतना र अभियानमार्फत परिचित कार्कीको सहभागिताले संस्थाको गतिविधिमा नयाँ ऊर्जा र सोच थपिने अपेक्षा गरिएको छ।
सभामा अध्यक्ष बरालले आफ्नो कार्यकालमा अपनाइएका पारदर्शी र जनमुखी पद्धतिहरू र आगामी दिनमा समाजको गतिविधिलाई अझ प्रभावकारी बनाउने योजना प्रस्तुत गरेका थिए उनले समाजले विगतमा गरेका योगदानहरू, वर्तमान कार्यहरू र भविष्यका योजनाहरू बारे विस्तृत रूपमा प्रकाश पारे ।
कार्यक्रममा निवर्तमान अध्यक्ष पेसलकुमार खतिवडाले संस्थाको परिचय तथा गतिविधिहरूको बारेमा जानकारी दिनुभयो ।
यस्तै कोशी प्रदेशका पूर्व सभामुख बाबुराम गौतमले स्वागत मन्तव्य व्यक्त गर्दै समाजसेवा र विपद् व्यवस्थापन क्षेत्रमा संस्थाको योगदानको महत्वलाई जोड दिए।
सभाले जिल्लामा विपद् जोखिम न्यूनीकरण, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने निर्णय गरेको छ।
कार्यक्रममा पूर्व सञ्चारमन्त्री राम कार्की, समाजसेवी विष्णु ढुंगेल, कुलबहादुर कार्की, दीपक कटुवाल लगायतको उपस्थिती रहेको थियो।साधारणसभा लोककृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो।