ओखलढुङ्गा–बहुचर्चित झाँक्री गुरु केदार बराल सामाजिक सेवाका क्षेत्रमा निरन्तर क्रियाशील व्यक्ति हुन् । देशका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गरिरहने गुरु बराल सामाजिक सेवाका लागि देशका कुनाकाप्चा पुगिरहेका हुन्छन् । यसै शिलशिलामा उनले ओखलढुङ्गामा रहेको लेती माध्यामिक विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई झोला वितरण गरेका छन् । गुरु बरालको यो सहयोगले विद्यार्थी, शिक्षक तथा कर्मचारीको शैक्षिक यात्रामा प्रेरणा, उत्साह र ऊर्जा भरेको भन्दै विद्यालयले गुरु बरालप्रति आभार प्रकट गरेको छ ।
गुरु बरालले आफ्नो गच्छेले भ्याउन समाज सेवामा आफू निरन्तर लागिरहने बताउँछन् । ‘म आफूले मेहनेत गरेर कमाइ गरेको रकमबाट केही बचत गरेर त्यसैबाट समाज सेवा गर्छु,’ गुरु बराल भन्छन्, ‘समाज सेवाका नाममा सहयोग उठाउने र अनावश्यक प्रचारबाजी गर्ने कार्यमा मेरो रुची छैन ।’












