काठमाडाैं – सोमबार बिहान फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन भएका डाक्टर केशव श्रेष्ठ सकुशल फेला परेका छन्।
डाक्टर श्रेष्ठलाई प्रहरीले बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी स्रोतका अनुसार उनी बालाजुको एक रिसोर्टका फेला परेका हुन्।
उद्दारपछि प्रहरीले सोधपुछ गर्दा उनले आत्महत्याका लागि डोरी खोजिरहेको तर नभेट्टाएको बताएका थिए। प्रहरी स्रोतका अनुसार उनी मानसिक रुपमा विक्षिप्त देखिन्छन्।
प्रहरीले उनलाघ उद्दार गरी जिल्ला प्रहरी परिसर भद्रकालीमा ल्याएको छ।