काठमाडौं–एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको म्युजिक भिडियो ‘तिमी मेरो प्राण हौ’ सार्वजनिक भएको छ । कोशी प्रदेशका इलाम तथा अर्जुनधारा नगरपालिका झापा आसपासका सुन्दर पर्यटकिय स्थानहरूमा छायांकन गरिएको म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ । रन्जन राई तथा अनु चौधरीको युगल गायन रहेको गीतमा संगीत सौगात जंग थापाको रहेको छ भने शब्द रचना नेपाल सरकार कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयका सचिवसमेत रहेका हेमराज तामाङको रहेको छ । म्युजिक भिडियो गीतकार स्वंयम हेम राज तामाङकै युट्युव मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा लोकप्रिय मोडल ÷ कलाकार सनम कठायत र पुनम श्रेष्ठले अभिनय गरेका छन् । उत्सव दाहालको छायांकन , विकास दाहालको सम्पादनमा भिडियो निर्माण गरिएको छ ।
गीत संगीत, प्रविधि तथा कलाकारिताका माध्यमबाट देशै भरिका सुन्दर प्रकृति, मौलिक संस्कृति तथा सामाजिक जनजीवनका विविध पक्षको प्रचारप्रसार तथा प्रवर्द्धनका निमित्त एभरेस्ट ग्यालरीले थालेको राष्ट्रिय अभियान ‘दृश्यमा नेपाल’ अन्तर्गत यो पटक कोशी प्रदेश पर्यटन बर्ष २०८२ लाई समेत टेवा पुग्ने गरी म्युजिक भिडियो निर्माण गरिएको अभियानका अभियन्ता तथा कलाकार कठायतले जानकारी दिए।