अभिनेत्री डा. जिशु कोइराला

रुकेश श्रेष्ठ     ११ वैशाख २०८२, बिहिबार

चर्चित मोडल तथा अभिनेत्री जिशु कोइरालाको पुर्खौली घर काठमाडौँको लाजिम्पाटमा हो । उनको बाल्यकाल जापानमा बित्यो । ५ वर्षकी हुँदा उनी अभिभावकसँग क्यानडा पुगिन् । उनले विद्यालय शिक्षा अर्थात कक्षा १२ सम्म क्यानडामा अध्यायन गरिन् । ‘म २ वर्षको हुँदा जापान पुगेकी थिएँ । ५/६ वर्षको हुँदा अभिभावकसँग क्यानडा गएँ’ जिशु भन्छिन्, ‘स्कुल एजुकेशन पछि उच्च शिक्षा पढ्न र आफूलाई हृदयदेखि नै गर्न मन लागेको मोडलिङका तथा अभिनयका लागि नेपाल फर्किएकी हुँ ।’

जिशु चितवनको पुरानो मेडिकलेजमा एमबीबीएस अध्यायनरत छिन् । एमबीबीएस चौथो वर्षको अन्तिम परीक्षा दिइसकेकी उनी अध्यायनसँगै मोडलिङमा पनि उत्तिकै व्यस्त छिन् । विशेष गरेर म्युजिक भिडियोमा उनको उत्कृष्ट अभिनय देख्न पाइन्छ । दर्शकहरूले उनलाई खुबै रुचाएका छन् । म्युजिक भिडियो निर्माता तथा गायकरगायिकाहरूले पनि उनलाई आफ्नो गीतमा अभिनय गराउनका लागि अफर दिइरहेका हुन्छन् ।

‘एमबीबीएसको पढाई त्यति सजिलो छैन । पर्याप्त समय दिनुपर्ने हुन्छ । पढ्दा पढ्दा यति थाकिन्छ कि त्यही थकान मेटाउन अभिनय गर्ने गर्छु’ उनी भन्छिन् । पढाइबाट ब्रेक मिलेका बेला, क्लास विदा भएका बेला पारेर उनी म्युजिक भिडियाको सुटिङमा निस्कने गरेकी छिन् । चितवनबाट सजिलै पुग्न सकिने र धेरै दिन नलाग्ने खालका प्रेजेक्टहरू लिने गरेको छु जिशु भन्छिन् । 

प्रतिक्रिया