मोडल कुसुम शर्मालाई धेरैले ‘सकम्बरी’ नामले चिन्छन् । प्रकाश सपुतको गीत ‘फूलमाया’बाट उनी चर्चामा आइन् । ‘डिमान्डेड’ मोडल समेत बनिन् । पेशाले नर्स उनलाई पहिलो गीतले नै लाइमलाइटमा ल्याइदियो ।अहिलेसम्म उनले दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरी सकेकी छिन् । फिल्म ‘वर एन्ड वधू’ बाट उनले फिल्ममा डेब्यु गरेकी हुन् । उनले फिल्म फिल्म ‘माइली’मा पनि अभिनय गरेकी छिन् ।
कुसुम शर्माको डेब्यु गीत ‘सकम्बरी’ सन् २०२३ मा युट्युबमा सर्वाधिक हेरिने नेपाली गीत बनेको थियो । यो गीतमा उनी प्रकाश सपुतसँगै देखिएकी छिन् । त्यो गीत रिलिजपछि कुसुम एकाएक लाइमलाइटमा आइन् । त्यसयता धेरैले उनलाई कुसुम शर्मा कम र सकम्बरीको रुपमा बढी चिन्छन् । म्युजिक भिडियोमा आफ्नो बोल्ड प्रस्तुतिको कारणले पनि उनी चर्चामा आउँछिन् ।






