काठमाडौं स्वयम्भुकी २१ वर्षिया अनुशा शाक्य काठमाडौं डनबस्को कलेजमा बीबीए गर्दै छिन् । अनुशाका बुबा इन्जिनियर हुन् । उनलाई सानैदेखि मोडलिङमा रुची थियो । टेलिभिजनमा फेसन सो तथा मोडलिङ सम्बन्धी प्रतियोगिता हेर्न रुचाउने उनी मोडलिङ स्टार्ट गर्ने उपयुक्त प्लेटफर्मको खोजिमा थिइन् । ‘रनवेमा मोडलहरू कन्फिडेन्टका साथ वाक गरेको देख्दा मलाई पनि त्यसैगरी हिँड्न पाए हुन्थ्यो भन्ने लाग्थ्या, अनुशा भन्छिन, ‘मोडलिङको बारेमा जानकारी हासिल गर्न तथा आफूलाई प्रोफेसनल मोडलका रूपमा अघि बढाउन म मोडल हन्टमा प्रतिस्पर्धी भएको हुँ ।’

यो प्रतियोगितामा भाग लिएपछि उनले आफूलाई कसरी ग्रुम गर्ने, आफ्नो पसर्नालिटी कसरी आकर्षक बनाउने, स्टेजमा कन्फिडेन्ट कसरी ल्याउने भन्ने बारेमा ज्ञान हासिल गरेकी छिन् । मोडलका लागि चाहिने बेष्ट वाक कसरी गर्ने, मानिसहरूसँग कसरी बोल्नेदेखि सोसल मिडियामा आफूलाई प्रस्तुत गर्ने तरिकाहरू पनि सिकेको अनुशा बताउँछिन् । मोडलिङ गर्दै त्यसबाट कनेक्सन बनाउने र पछि विजनेस गर्ने उनको योजना छ ।

