नायिका सनिषा भट्टराई

राम्रो अनलाइन     ३१ जेठ २०८२, शनिबार
नायिका सनिषा भट्टराई

म्युजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेकी नायिका सनिषा भट्टराईले दुई वटा फिल्ममा अभिनय गरिसकेकी छिन् । फिल्म ‘१२ गाउँ’ बक्स अफिसमा सफल भयो । तर, यो फिल्ममा सनिषाले आफ्नो सतप्रतिशत काम देखाउन पाएकी थिइनन् । 

उनै, सनिषा अभिनित फिल्म ‘नरसिंहाः अवतार’ हलमा चलिरहेको छ । यो फिल्मबाट भने उनले राम्रो प्रतिक्रिया पाएकी छिन् । फिल्ममा राज कटुवालको प्रेमीका र श्रीमतीको भूमिकामा देखिएकी सनिषाको कामले दर्शकलाई प्रभावित बनाएको छ । हल–हलमा पुग्दा सनिषासँग तस्वीर खिचाउन दर्शकहरुको भीड लाग्ने गरेको छ । सनिषा यो फिल्मबाट पाएको प्रतिक्रियाले  उत्साहित छिन् । अर्को फिल्ममा अझै बुलन्द काम गर्ने भनाई उनको छ । 

दुई फिल्ममा अभिनय गरेकी सनिषाको दुवै फिल्ममा गज्जबको एउटै किस्सा छ । ‘१२  गाउँ’मा सनिषा विराज भट्ट र समीर भट्टको साथमा देखिइन् । ४० कटेका विराज र फिल्म क्षेत्रमा प्रवेश गरेका नयाँ नायक समीरसँग उनले पर्दा शेयर गरिन् । 

यता, ‘नरसिंहाः अवतार’मा पनि ४० कटेका राजेश हमाल र फिल्म क्षेत्रमा उदाउँदै गरेका राज कटुवालसँग उनले पर्दा शेयर गरिन् । दुवै फिल्ममा ४० कटेका नायक र उदाउँदै गरेका नायकसँगको उनको किस्सा रोचक छ । 

अब, तेस्रो फिल्ममा सनिषाले कोसँग जोडी बाँध्ने हुन् हेर्न बाँकी छ । अनि, तेस्रो फिल्ममा उनीसँग ४० कटेका नायक हुन्छन् या हुँदैनन्, त्यो भने प्रतीक्षामा रहनेछ । 

प्रतिक्रिया