वीरगञ्जकी २० वर्षिया श्रीजा घिमिरे थेम्स इन्टरनेशनल कलेजमा मनोविज्ञान र सोसल वर्क विषयमा स्नातक गर्दै छिन् । श्रीजाका छिमेकीहरू मोडलिङ पेसामा छन् । उनलाई सानैदेखि मोडलिङमा रुची थियो । ‘मेरा छिमेकी सुवेच्छा, अदिती अधिकारी मोडलिङमा हुनुहुन्छ । उहाँहरूबाट प्रभावित भएर म पनि मोडलिङमा लागेको हुँ’, श्रीजा भन्छिन् । उनलाई मोडलिङमा लाग्न अभिभावको पनि सर्पोट छ ।

मोडल हन्ट प्रतियोगितामा भाग लिएपछि उनले समय व्यवस्थापन गर्न सिकेकी छिन् । कन्फिडेन्ट बढेको छ, मानिसहरूका अगाडि निर्धक्क बोल्न सक्ने भएकी छिन् श्रीजा । स्टाइल गर्ने, हिँड्ने, आफूलाई प्रस्तुत गर्ने तरिकाहरू सिकेको उनले बताइन् । उनी स्वीम सुट राउण्डमा आफूलाई अब्बल रूपमा प्रस्तुत गर्न सक्ने बताउँछिन् ।

ग्रुमिङ क्लासमा क्यामेरा फेस गर्ने देखि, स्टाइल गर्न, बोल्न, वाक गर्दा के कसरी गर्ने, आउटफिट छनोट कसरी गर्ने लगायत थुप्रै विषय सिक्ने अवसर पाएको उनी बताउँछिन् । मोडलिङमा करिअर बनाउन उनी प्रतियोगितामा भाग लिएको बताउँछिन् । रनवे मोडलिङ हुँदै एक्टिङमा जाने उनको इच्छा छ ।