सिल्भिया केसी भन्छिन् :  ‘मोडल हन्ट जस्तो प्रोफसनल प्रतियोगितामा भाग लिन पाउँदा औधी खुशी छु’

राम्रो अनलाइन     २२ माघ २०८१, मङ्गलबार

 

 

काठमाडौं थलीकी सिल्भिया केसी आइएसएमटी कलेजमा मार्केटिङ विषयमा स्नातक गर्दै छिन् । २१ वर्षिया केसीको रुचीको क्षेत्र पब्लिक स्पिकिङ र एङ्करिक हो । ‘मोडलिङ मलाई औधी मन पर्ने क्षेत्र हो । म आफ्नो रुचीलाई व्यवहारमा उतार्न सकिने खालको प्लेटफर्मको खोजिमा थिएँ, ‘उनले भनिन्, ‘मोडल हन्ट जस्तो प्रोफसनल प्रतियोगितामा भाग लिन पाउँदा औधी खुशी छु ।’ उनी पूर्वमिस नेपाल माल्भिका सुब्बालाई आफ्नो रोलमोडल मान्छिन् । उनले यसअघि मिस एसईईमा भाग लिएर फस्र्ट रनरअपको उपाधि जितेकी  थिइन् ।

यो प्रतियोगितामा भाग लिएपछि आफूमा परिवर्तन आएको बताउने सिल्भिया आत्मविश्वास निकै बढेको बताउँछिन् । मोडलिङका लागि चाहिने आधरभूत ज्ञान र सीप सिक्नका लागि ग्रुमिङ क्लास उपयोगी भएको उनको बुझाई छ । ‘एउटा व्यवसायिक मोडल हुनका लागि चाहिने सबै प्रकारका गुणहरू आफूमा अभिवृद्धि गर्न सकिएको उनको बुझाई छ । 

मोडल हन्टको अडिसनबाट प्रतियोगी छनोट भइसकेपछि मात्र उनले ममीलाई आफू प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको जानकारी गराएकी थिइन् । कतिपय अभिभावले मोडलिङका बारेमा यथेष्ट जानकारी नपाएका कारण यस्ता खालका प्रतियोगितामा किन जानु पर्‍यो भन्ने गर्नुहुन्छ, उनी भन्छिन्, ‘आफू अडिसनबाट छनोट भइसकेपछि अभिभावकहरूमा पनि सकारात्मक सोच आउने भएकाले छनोट पछि नै जानकारी गराउँदा राम्रो हुन्छ ।’ 

आफूमा अनुशासन र कामप्रतिको निरन्तरताका कारण प्रतियोगिताको वीनर हुन सक्ने दाबी उनको छ । ‘यो प्रतियोगिता मेरो करिअरको सुरुवात हो । यदि म वीनर भएँ भने अबको पाँच वर्षमा म आफूलाई मिस नेपालको रूपमा अगाडि बढाउने सोचेको छु’ सिल्भिया भन्छिन् ।

प्रतिक्रिया