सुर्खेतकी २४ वर्षिया लिना आचार्य नमुना कलेज अफ फेसन टेक्नोलोजी कलेजमा फेसन डिजाइनिङमा स्नातक गर्दै छिन् । फेसन डिजाइनिङ र मोडलिङ रिलेटेड भएकाले पनि उनलाई मोडलिङमा रुची बढेको हो । उनी आफूलाई स्टाइलिष्टका रूपमा एक्स्प्लोर गर्न रुचाउँछिन् । ‘मोडलिङमा आफूलाई भिन्न तरिकाले प्रस्तुत गर्न सकिने भएकाले मलाई यो क्षेत्र मन पर्छ, लिना भन्छिन्, ‘मोडलिङ भनेको रोलमोडल हुने प्रोफेसन हो । मोडलले क्यारी गरेका आउटफिट अरुले फलो गर्नुहुन्छ । त्यही भएर मोडलिङ मलाई विशेष लाग्छ ।’

यो प्रतियोगितमा भाग लिएपछि वाक राम्रो हुँदै गएको, सेल्फ कन्फिडेन्ट बढेको र मोडलिङ क्षेत्रको धेरै कुरा थाहा पाएको लिना बताउँछिन् । उनी आफूलाई स्टाइलिष्ट र मोडलका रूपमा अगाडि बढाउन चाहन्छिन् ।

परिवारबाट सर्पोट रहेको बताउने लिना यस्ता प्रतियोगिताले आफूमा रहेको प्लस र माइनस प्वाइन्टका बारेमा जानकारी लिन सहज हुने बताउँछिन् । ‘म केमा राम्रो गर्न सक्ने रहेछु र कुन पक्षमा सुधार गर्नु पर्ने रहेछ भनेर ग्रुमिङ क्लासका बेलामा थाहा पाइन्छ’ उनी भन्छिन् ।

