अनुजा पौडेल भन्छिन् : ‘फेसन डिजाइनिङ र मोडलिङ एउटै सिक्काका दुई पाटा हुन्’

राम्रो अनलाइन     २२ माघ २०८१, मङ्गलबार
अनुजा पौडेल भन्छिन् : ‘फेसन डिजाइनिङ र मोडलिङ एउटै सिक्काका दुई पाटा हुन्’

काठमाडौं थलीकी १९ वर्षिया अनुजा पौडेल आईसी कलेजमा फेसन डिजाइनिङमा स्नातक गर्दै छिन् । उनी मेकअप, आर्ट र मोडलिङ पनि गर्छिन् । घुमघाम गर्न, नयाँ परिकार खान र आर्ट गर्न अनुजालाई मन पर्छ । उनले मोडल हन्टको बारेमा सोसल मिडियाबाट जानकारी पाएकी थिइन् । 

मोडल हन्ट प्रतियोगितामा भाग लिएपछि  र्‍याम्प वाकमा निकै सुधार आएको उनी बताउँछिन् । व्यक्तित्व विकास, आत्मविश्वास बढेको, फरक फरक कुरा एक्स्प्लोर गर्ने आँट बढिरहेको अनुजाको अनुभव छ । अनुजाले यसअघि पनि मोडलिङ सम्बन्धी केही ट्रेनिङ लिएको र मोडलिङ पनि गरेका कारण उनको परिवारलाई मोडलिङको बारेमा जानकारी छ । परिवारबाट उनलाई पूर्ण सर्पोट रहेको छ । 

‘मैले आफूलाई जुन तरिकाले प्रिजेन्ट गरिरहेको थिएँ त्यो सही थियो वा गलत भन्ने कुरा ग्रुमिङ क्लासका क्रममा थाहा पाएँ, अनुजा भन्छिन, ‘आफूलाई बेस्ट तरिकाले कसरी प्रिजेन्ट गर्न सकिन्छ भन्ने कुरा ग्रुमिङ क्लासबाट सिकेँ ।’ उनमा अहिले आत्मविश्वास पनि निकै वृद्धि भएको छ । 

सानैदेखि क्यामरा अगाडि बस्न रुचाउने, फोटो खिच्न मन पराउने तथा फेसन डिजाइनिङ कोर्स गरिरहेकाले पनि उनी मोडलिङमा आएको बताउँछिन् । अनुजा आफूले बेष्ट गरिरहेको र आफ्नो ग्रोथ क्रमैसँगै भइरहेकाले प्रतियोगिताको टाइटल होल्डर आफैँ हुन सक्ने बताउँछिन् । उनको उद्देश्य अन्तर्राष्ट्रिय स्तरका प्लेटफर्ममा मोडलिङ गर्ने रहेको छ । मोडलिङको माध्यमबाट नेपाललाई विदेशमा परिचित गराउने गरी कार्य गर्ने छु उनी भन्छिन् । 

 

प्रतिक्रिया