मोडलिङ क्षेत्रमा रहेका नकारात्मक धारणालाई बदल्न मोडलिङमा लागेकी कामना

राम्रो अनलाइन     २२ माघ २०८१, मङ्गलबार
मोडलिङ क्षेत्रमा रहेका नकारात्मक धारणालाई बदल्न मोडलिङमा लागेकी कामना

 

 

झापाकी २४ वर्षिया कामना बोहरा स्नातक अध्ययरत छिन् । उनलाई गायन र अभिनयमा रुची छ । उनले मोडल हन्टको बारेमा सोसल मिडियाबाट थाहा पाएकी थिइन् । उनलाई यसअघि प्रतियोगितामा भाग लिइसकेका उनका सिनियरहरूले मोडल हन्ट प्रतियोगितामा भाग लिन सुझाव दिइरहेका हुन्थे । आयोजक संस्था नेक्स्ट मोडल मोडलिङमा करिअर बनाउन खोजिरहेका नयाँ प्रतिभाहरूलाई ग्रुमिङ गराएर उपयुक्त प्लेटफर्म दिने नेपालको अब्बल मोडलिङ एजेन्सी भएको कामना बताउँछिन् । 

यो प्रतियोगितामा भाग लिएर ग्रुमिङ क्लास लिने थालेपछि आफूमा निकै परिवर्तन आएको कामना बताउँछिन् । ‘म खासै बोल्न सक्दिनथेँ, कन्फिडेन्ट पनि त्यति थिएन तर अहिले आफूलाई सहज ढंगले प्रस्तुत गर्न सक्ने भएकी छु’ बोहरा भन्छिन् । स्टाइलिङ, कम्युनिकेशन, मेकअप आदिका बारेमा सिक्ने पाएको उनले बताइन् । 

‘म पढनमात्रै रुचाउने केटी हुँ । तर मोडलिङ एकदमै रुची छ । यो प्रतियोगितामा भाग लिएको मैले ममीलाई मात्र भनेको छु, उनी भन्छिन्, ‘ममी एकदमै सर्पोटिभ हुनुहुन्छ । ममीलाई मोडलिङ क्षेत्र एकदमै मन पर्छ ।’ ‘ममा कुनै पनि काम फत्ते गर्ने महत्वकांक्षा छ । म फेक्जिबल पनि छु जसले गर्दा म यो प्रतियोगिताको वीनर हुनसक्छु भन्ने लाग्छ’ उनी भन्छिन् । 

मोडलिङमा सफल हुन स्थिरता र प्यासन एकदमै हाई हुनुपर्ने उनको बुझाई छ । मोडलिङप्रतिको बुझाई अहिले पनि सबैतिर सकारात्मक छैन । त्यही भएर यो फिल्डमा लाग्नेहरूमा आफ्नो कामप्रतिको प्रतिवद्धता दर्बिलो हुनुपर्ने कामना बताउँछिन् । प्रतियोगिताका क्रममा आफूले निकै रमाइलो गर्दै थुप्रै ज्ञान हासिल गरेको उनले बताइन् । कामना मोडलिङ क्षेत्रमा रहेका नकारात्मक धारणालाई बदल्न आफू क्रियाशील रहने बताउँछिन् ।

प्रतिक्रिया