काठमाडौं गोठाटारकी २९ वर्षिया वर्षा थापा हस्पिटालिटी क्षेत्रमा कार्यरत छिन् । उनले मोडल हन्ट नेपालको बारेमा सुन्दै आएकी थिइन् । मोडल हन्ट प्रतियोगिताको ‘थ्रु’ धेरै मोडलहरूले करिअर ‘ग्रो अप’ गरेको, यो क्षेत्रमा स्थापित भएको उनले देखेकी छिन् । सोसल वर्क विषयमा स्नातक गरेकी उनी आफूलाई एक्सप्लोर गरुँ, मोडलिङमा केही नयाँ काम गरुँ भनेर नै यो प्रतियोगितामा भाग लिएको बताउँछिन् ।

‘प्रतियोगितामा भाग लिइसकेपछि मलाई छोडुँ जस्तो पनि लागेको थियो वर्षा भन्छिन, ‘तर ग्रुमिङ क्लासमा मेन्टरहरूले ट्रेनिङ दिएपछि ममा आत्मविश्वास बढ्दै गएको छ ।’ वर्ष पहिला हिल्स लगाएर हिँड्न सक्दिन थिइन् । ड्रेस सेन्सको बारेमा पनि उनलाई ज्ञान थिएन । उनी अहिले आफूलाई फरक ढंगले प्रस्तुत गर्न सक्ने भइसकेकी छिन् ।

‘मेरो परिवार अलि कन्जरभेटिभ हुनुहुन्छ । मैले सबै कुरा डिटेलमा भनेको थिइन । म पनि यो प्रतियोगिताको बारेमा डिटेलमा बुझ्न चाहन्थे, वर्षा भन्छिन्, ‘सोसल मिडियामा फोटो भिडियोहरू पोस्ट गर्न थालेपछि परिवारले थाहा पाउनु भएको छ र अहिले सर्पोट गरिरहनु भएको छ ।’

ग्रुमिङ क्लासमा वर्षाले बोल्दा कसरी मिठासपूर्ण तरिकाले बोल्ने, अरुलाई कसरी इम्प्रेसन पार्ने, मेकअप, पर्सनल हाइजिन, आफ्नो बडी टाइप के हो र कस्तो लुगामा राम्रो देखिन्छ भन्ने बारेमा नलेज पाएको बताइन् ।
‘म अरु प्रतिस्पर्धीभन्दा अलि सिनियर नै छु । अनुभवी पनि छु । कुनै पनि कार्य धैर्यतापूर्वक गर्न सक्छु, वर्षा भन्छिन्, ‘म वीनर भए भनेँ मोडलिङ क्षेत्रलाई अझै बेष्ट बनाउन कार्य गर्ने छु ।’ वर्षा सविता कार्कीलाई आफ्नो रोलमोडल मान्छिन् ।