‘म मोडलिङ बेस्ट गर्नका लागि नै दिनरात मेहनेत गरिरहेको छु’ : माही क्षेत्री

राम्रो अनलाइन     २१ माघ २०८१, सोमबार
‘म मोडलिङ बेस्ट गर्नका लागि नै दिनरात मेहनेत गरिरहेको छु’ : माही क्षेत्री

कैलाली टिकापुरकी २२ वर्षिया माही क्षेत्री स्नातक तहमा अध्ययनरत छिन् । उनका बुबा÷ममी इण्डियामा छन् । उनी अंकल अण्टीसँग काठमाडौंको लाजिम्पाटमा बस्छिन् । उनका बुबारममी दुबैले विजनेस गर्छन् । माहीलाई मोडलिङमा सानैदेखि रुची थियो । तर परिवारबाट उनलाई मोडलिङमा लाग्न अनुमति मिलेको थिएन । अहिले फेमलीलाई कन्भिन्स गरेर मोडल हन्ट प्रतियोगितामा भाग लिन आएको माही बताउँछिन् । 

माही सोसल मिडियाका लागि कन्टेन्ट क्रियट गर्छिन् । उनले विभिन्न क्लोथिङ ब्राण्डका लागि कन्टेन्ट क्रियट गर्ने गरेको बताउँछिन् । उनले नेसनल डिजाइनर रनवेमा मोडलिङ पनि गरिसकेकी छिन् । ‘म अघिल्लो वर्षको मोडल हन्टमा आउन चाहिरहेको थिएँ । त्यो बेला ढिला भयो, माही भन्छिन्, ‘यस पटक भाग लिने पाएर निकै खुशी छु ।’ 

मोडल हन्टको ग्रुमिङ क्लास माहीका लागि निकै उपयोगी सावित भएको । उनको सेल्फ कन्फिडेन्ट बढेको छ । सोसल मिडियामा उत्कृष्ट कन्टेन्ट कसरी क्रियट गर्ने भनेर उनले थप जानकारी हासिल गर्न पाएकी छिन् । ‘कसरी हिड्ने, कसरी बस्ने, बडी पोस्चर कस्तो हुनुपर्छ, आफूलाई फिट राख्न गर्नुपर्ने एक्सरसाइजको बारेमा जानकारी लिन पाइयो, माही भन्छिन्, ‘ग्रुमिङ क्लासको कोर्स यसरी डिजाइन गरिएको छ जुन जोकोहीलाई लाइफ लङ काम लाग्ने खालका छन् ।’ 

मेरो ममी छोरीले कहिले मोडलिङमा राम्रो गर्ला भनेर प्रतीक्षा गरिरहनु भएको छ, उनी भन्छिन्, ‘म मोडलिङ बेस्ट गर्नका लागि नै दिनरात मेहनेत गरिरहेको छु ।’ नेक्स्ट मोडलले नयाँ फेसलाई स्थान दिने र ग्रुमिङ गराउने भएकाले यो संस्था आफूलाई बेस्ट लागेको उनी बताउँछिन् । रनवे मोडलिङ, प्रडक्ट एड, कन्टेन्ट क्रियटर लगायत क्षेत्रमा अब्बल काम गर्ने माहीको इच्छा छ । उनी नेपालमै बसेर मोडलिङमा करिअर बनाउन बताउँछिन् । मोडलिङ गरेरै आयआर्जन गर्न सकिने अवस्था बन्दै गएको माही बताउँछिन् । उनलाई जिम गर्न र ट्राभल गर्न मनपर्छ ।  

 

प्रतिक्रिया