प्रेरणा मेहता भन्छिन् : ‘मोडल हन्ट आफूलाई एक्स्प्लोर गर्ने उपयुक्त प्लेटफर्म’

राम्रो अनलाइन     २१ माघ २०८१, सोमबार

सुनसरी इनरुवाकी २३ वर्षिया प्रेरणा मेहता ब्रिटिस कलेजमा ब्याचलर इन हस्पिटालिटी विजनेस म्यानजमेन्टको फाइनल इयरको विद्यार्थी हुन् । अहिले सेमेस्टर ब्रेक भएर फुर्सद भएकाले उनी मोडल हन्ट प्रतियोगितामा भाग लिइरहेकी छिन् । उनको बुबा इन्स्युरेन्स कम्पनीमा काम गर्नुहुन्छ भने ममीले काठमाडौँको बानेश्वर चोकमा रहेको हिमालय जाभा कफी सप सञ्चालन गर्नुहुन्छ । 

मोडलिङ र ग्ल्यामर दुनियाँ तिर सानैदेखि रुची थियो प्रेरणालाई । तर उनले आफूलाई एक्स्प्लोर गर्ने उपयुक्त अवसर भने पाइरहेकी थिइनन् । कक्षा ६ मा पढदा उनले लिटिल प्रिन्सेसमा भाग लिएकी थिइन भने मिस एसइइमा पनि उनले सहभागिता जनाएकी थिइन् । 

‘मैले मोडल हन्टमा दुई वर्ष अघि नै आउन चाहेको थिएँ प्रेरणा भन्छिन्, ‘पढाइका कारण टाइम म्यानेज गर्न नसकेकाले भाग लिन सकिन् ।’ यसपटक उनको पाढइ पनि लास्ट सेमेस्टर भएको र टाइम पनि मिलेकाले भाग लिएको बताइन् । अडिसन दिएपछि वेटिङ लिष्टमा रहेकी उनी पछि सेलेक्ट भएकी हुन् । 

‘ग्रुमिङ क्लासपछि आफू भित्रको सेल्फ कन्फिडेन्ट बढेको, मोडलिङका विभिन्न पाटाहरूको बारेमा जानकारी हासिल गर्न सकिएको छ, प्रेरणा भन्छिन्, ‘वर्षौं कलेज पढ्दा हासिल गर्न नसकिने नलेज ग्रुमिङ क्लासको एक महिनामा प्राप्त गरिएको छ ।’ उनले प्रतियोगितामा सहभागी भइरहँदा आफूलाई निकै रमाइलो लागिरहेको बताइन् । उनको ममीलाई पनि मोडलिङ निकै मन पर्छ । मोडल हन्ट नेपालले आफूलाई ग्रुम गर्न निकै मद्दत गरेको उनी बताउँछिन् । 

प्रतिक्रिया