‘कम्फर्ट जोन’बाट बाहिर निस्किएर मोडलिङ गर्दै डा. अनिमा

राम्रो अनलाइन     २१ माघ २०८१, सोमबार
‘कम्फर्ट जोन’बाट बाहिर निस्किएर मोडलिङ गर्दै डा. अनिमा

काठमाडौं विश्वविद्यालयबाट दन्त चिकित्सक अध्ययन गरेकी २७ वर्षिया डा. अनिमा भण्डारी चाबहिलमा रहेको बुद्ध डेन्टल हस्पिटलमा कार्यरत छिन् । उनी काठमाडौं बुढानिलकण्ठकी स्थायीबासी हुन् । उनलाई मोडलिङमा सानैदेखि रुची थियो । मिडियामा आफूलाई प्रस्तुत गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो उनलाई । ‘म पढाइमा फोकस थिएँ, मेडिकल साइन्स पढ्दै मोडलिङ अघि बढाउन सकिन्, डा. अनिमा भन्छिन्, ‘मेरो अहिले पढाइ पनि सकियो, चिकित्सकको करिअर पनि सुरु गरी सकेँ । यो टाइम आफ्नो रुचीको क्षेत्रमा दिन सकिन्छ भनेर मोडल हन्टमा प्रतिस्पर्धा गरेकी हुँ ।’ 

डा.अनिमाका बुबा राष्ट्र बैंकका अधिकृत थिए भने ममी प्रोफेर । एकाडेमिक पारिवारिक पृष्ठभूमि भएकी उनी परिपक्व भएर मोडलिङमा आफूलाई एक्स्प्लोर गर्दै छिन् । उनलाई बुबारममीको पूर्ण रूपमा सर्पोट रहेको छ । ‘म निकै पढन्ते थिएँ, उनी भन्छिन्, ‘मैले डाक्टरको पढाइ सकेर काम पनि सुरु गरी सकेँ । त्यही भएर मोडलिङमा लाग्दा अब केही बिग्रँदैन भनेर बुबारममी पनि ढुक्क हुनुहुन्छ ।’ छोरी आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किएकोमा उनका अभिभावक पनि खुशी भएका छन् । 

‘म मानिसहरूसँग बोलचाल ठिकै गर्थेँ, प्यासेन्टहरूसँग डिल गर्नुपर्ने भएकाले मानिससँग बोल्न डर त लाग्दैनथ्यो, डा। अनिमा भन्छिन्, ‘यो प्रतियोगितामा भाग लिएपछि मैले फरक–फरक पृष्ठभूमि मानिसहरू जो यसअघि मैले संगत गर्न पाएको थिइन् उहाँहरूसँग नयाँ नयाँ विषय सिक्न पाइरहेको छु ।’ आफूभन्दा सानो र आफूभन्दा ठूलो जेनेरेसनसँग संगत गर्न पाउँदा धेरै कुरा सिक्न सकेको उनी बताउँछिन् । 

मोडलिङका लागि चाहिने वाक, कन्फिडेन्ट, कसरी ग्ल्यामर देखिने आदि विषय ग्रुमिङ क्लासमा सिक्न पाइएको उनी दंग छिन् । ‘म रहर पूरा गर्न यो प्रतियोगितामा आएको थिएँ उनी भन्छिन्, ‘तर यहाँ आएर जुन लगानशीलताका साथ मैले क्लासहरू लिइरहेको छु । अब मलाई यसको टाइटल होल्ड गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।’ उनी आफ्नो चिकित्सक पेशासँगै मोडलिङलाई अघि बढाउने निष्कर्षमा पुगेकी छिन् । डा। अनिमा आफूलाई रनवे मोडलिङ र प्रडक्ट एडमा आफूलाई फोकस गर्न चाहन्छिन् । 

पहिला डा. अनिमाको इच्छा विदेशमा सेटल हुने थियो । उनी अमेरिकी केही समय बसिन् पनि । उनले अमेरिकामा दन्त चिकित्सको लाइसेन्स पनि लिएकी थिइन् । उनलाई अमेरिकका बसाई मोनोटोनस लाग्यो । ‘म नेपालमै केही गर्न सक्छु । आफ्नै क्लिनिक खोलेर पनि काम गर्न सक्छु, डा. अनिमा भन्छिन्, ‘मैले विदेश जाने सोचेको छैन । मोडलिङमा पनि लागेको छु । यहीँ करिअर अघि बढाउँछु ।’ 

प्रतिक्रिया