कृतिका शाह भन्छिन् : ‘मोडल हन्टका आयोजक र मेन्टर दुबै निकै हम्बल’

राम्रो अनलाइन     २१ माघ २०८१, सोमबार
कृतिका शाह भन्छिन् : ‘मोडल हन्टका आयोजक र मेन्टर दुबै निकै हम्बल’

दाङकी कृतिका शाह व्यवस्थापन विषयमा स्नातक अध्ययन गर्दै छिन् । १९ वर्षिया कृतिकालाई मोडलिङमा सानैदेखि रुची थियो । अघिल्लो वर्षको मोडल हन्ट प्रतियोगिताको वीनर कृतिका अध्ययनरत कलेजकै थिए । ‘मलाई आफ्नै कलेजबाट मोडल हन्ट वीनर भएको थाहा पाएपछि यो प्रतियोगितामा म पनि भाग लिन्छु भन्ने लागेको थियो, शाह भन्छिन्, त्यही भएर अहिले प्रतियोगितामा भाग लिएको हुँ ।’ 

कृतिका आफूलाई इन्ट्रोभट बताउँछिन् । तर, यो प्रतियोगितामा भाग लिएर अन्य प्रतियोगीहरूसँग घुलमिल हुँदा, क्यामेरा अगाडि उभिएर बोल्दा, फोटो सुट गर्दा आफूमा आत्मविश्वास बढेको उनले बताइन् । मोडलिङका लागि चाहिने धेरै गुणहरूमध्ये कन्फिडेन्ट मुख्य हो । स्टेजमा आफूलाई अरुभन्दा बेष्ट तरिकाले प्रस्तुत गर्न सक्नु मोडलको अर्को खुबी हो, यी खुबी ममा छ । त्यही भएर म यो प्रतियोगिताको विजेता हुनसक्छु जस्तो लाग्छ कृतिका भन्छिन् । 

अन्तर्राष्ट्रिय स्तरका मोडलिङ शोहरू हेर्न रुचाउने कृतिकाले ति शोहरूबाट पनि मोडलिङ सम्बन्धी आधारभूत ज्ञान हासिल गरेकी थिइन् । मोडल हन्ट प्रतियोगितमा भाग लिएपछि उनले आफूलाई प्रस्तुत गर्ने तरिका, र्‍याम्प वाक, फोटो सुटमा कसरी पोज दिने, आउटफिटहरू कसरी क्यारी गर्ने लगायत पर्सनालिटी डेभलपमेन्ट सम्बन्धी थुप्रै ज्ञान हासिल गरेको बताइन् ।

आयोजक र मेन्टर दुबै निकै हम्बल रहेको उनले बताइन् । प्रतियोगीहरूलाई साथीहरूजस्तै व्यवहार गरेर गल्ती औँल्याउँदै प्रशिक्षण दिने गरिएकाले पनि मोडल हन्टमा धेरै कुरा सिक्न पाएको कृतिका बताउँछिन् । मोडलिङलाई एक्सपोजर दिन सरकार, निजी क्षेत्र, मोडलिङमा करिअर बनाउन खोजिरहेकाहरूले एकसाथ मिलेर काम गर्नुपर्ने शाह बताउँछिन् । ‘म आफूमा भएको क्षमतालाई अझै निखार्दै यो क्षेत्रमा बेस्ट बन्न दिनरात मेहनेत गर्ने छु’ कृतिका भन्छिन् । कृतिकालाई मोडलिङमा लाग्न परिवारको पनि पूर्ण सर्पोट रहेको छ । 

प्रतिक्रिया