फाइन आर्ट हुँदै मोडलिङमा प्रवेश गर्दै रानी खड्का

राम्रो अनलाइन     २१ माघ २०८१, सोमबार
फाइन आर्ट हुँदै मोडलिङमा प्रवेश गर्दै रानी खड्का

 

 

काठमाडौं महाराजगञ्जकी १९ वर्षिया रानी खड्का ललितकला क्याम्पसमा फाइन आर्ट विषयमा स्नातक अध्ययनरत छिन् । उनलाई मोडलिङमा सानैदेखि रुची थियो । तर, आफ्नो रुची बुबारममीलाई भन्न सकेकी थिइनन् । उनले प्लस टुमा कानुन पढेकी थिइन् । ‘प्लस टु कानुन विषय लिएर पढेँ । स्नातकमा फाइन आर्ट पढ्छु रानी भन्छिन्, ‘फाइन आर्ट हुँदै मोडलिङमा प्रवेश गर्ने बाटो बनाउँदै छु ।’ 

रानीले सकेसम्म मोडलिङमा करिअर बनाउने सोचेकी छिन् । फाइन आर्टमा स्नातक गरिसकेपछि फेरी कानुन पढ्ने उनको योजना छ । ‘मलाई कानुन विषयमा रुची थिएन, उनी भन्छिन्, ‘बाबाले कानुन पढ्नु पर्छ भनेका कारण प्लस टुमा कानुन पढेको हुँ । पढ्न थालेपछि मलाई कानुन विषय पनि मन पर्न थाल्यो ।’ उनले बाबालाई आफूलाई मन लागेको विषय फाइन आर्ट पढिसकेपछि पुनः कानुन विषय पढ्छु भनेर राजी गराएकी छिन् । 

मोडल हन्ट प्रतियोगितामा भाग लिएपछि रानीले आफूमा फिल गर्न सकिने खालका परिवर्तन आएको बताइन् । ‘मलाई क्यामेरा फेस गर्न, धेरै मानिसहरू भएको ठाउँमा बोल्न साह्रै डर लाग्थ्यो, रानी भन्छिन्, ‘अहिले आत्मविश्वासको लेबल निकै बढेको छ । स्पिकिङ पनि सुधार भएको छ ।’ 

मोडल हन्टको बारेमा धेरै पहिलादेखि सुनेको बताउने उनले यस अघि पनि प्रतियोगितामा भाग लिने बिचार गरेकी थिइन् । तर, उनलाई सकिँदैन कि भनेर डर लाग्थ्यो । तर यस पटक आँट गरेर प्रतियोगितामा भाग लिएको रानी बताउँछिन् । ग्रुमिङ क्लासमा मोडलिङका लागि चाहिने सबैखालका ज्ञान प्रदान गरिने भएकाले उनलाई अहिले निकै सहज भइरहेको छ ।

मोडलिङमै करिअर बनाउन सकिन्छ भन्ने आँट पनि बढेको छ रानीलाई । सोसल मिडियामा एक्टिभ उपस्थिति जनाउन उनलाई अलि गाह्रो भइरहेको छ । उनी कुनै काम फत्ते भइसकेपछि मात्रै अरुलाई शेयर गर्ने स्वभावकी छिन् । तर ग्रुमिङ क्लासका क्रममा भएका सम्पूर्ण गतिविधि विभिन्न सोसल मिडियामा पोस्ट गरिरहनु पर्ने कार्य उनलाई अलि गाह्रो लागेको बताइन् । 

प्रतिक्रिया