धादिङ सल्यानटारकी संगीता पाख्रिनले एक दर्जन जति म्युजिक भिडियोमा अभिनय गरी सकेकी छिन् । उनी ब्युटिसियन पनि हुन् । उनले काठमाडौंको बौद्धमा ब्युटी पार्लर पनि सञ्चालन गरिरहेकी छिन् । उनले कही टेलिसिरियलमा पनि काम गरेकी छिन् । तर, र्याम्प मोडलिङमा भने उनी नयाँ हुन् । मोडल सुपरस्टारमा भाग लिएर उनी मोडलिङ सम्बन्धी विविध पक्षका बारेमा जानकारी लिन चाहन्छिन् । प्रतियोगिताको ट्रेनिङका क्रममा उनले थुप्रै ज्ञान हासिल गरेको बताइन् । उनी अभिनय र मोडलिङमै करिअर बनाउने बताउँछिन् । ‘यस्ता प्रतियोगिताहरूमा भाग लिँदा आफूलाई ग्रुमिङ गर्न सकिने रहेछ उनी भन्छिन्, ‘सबैको साथ र सहयोग पाएमा प्रतियोगितामा विजेता हुने लक्ष्य लिएको छु ।’ संगीता प्रभु यशुलाई मान्छिन् । उनी प्रभुले आफ्नो मोडलिङ करिअरलाई अघि बढाउन साथ दिनुहुनेछ भन्ने विश्वासका साथ यो फिल्डमा लागेको बताउँछिन् ।





