अनिषा पराजुली, मिस पिस नेपाल, फस्ट रनरअप

राम्रो अनलाइन     १९ मंसिर २०८१, बुधबार

अनिषा पराजुली, मिस पिस नेपाल, फस्ट रनरअप हुन् । कम्बोडियामा सम्पन्न ‘मिस प्लानेट २०२४’ को हुम्यानिटी टाइटल अवार्ड नर्स पराजुलीले जितेकी छिन् ।  प्रतियोगितामा नेपालबाट सहभागी पराजुली शीर्ष २० मा पुग्दै उक्त उपाधी जितेकी हुन् । प्रतियोगितामा ‘नेसनल कस्ट्युम’ उनले बुद्धको थिममा बनाइकी थिइन् । हुम्यानिटी अवार्ड जितेकी अनिशाले ‘मिस प्लानेट २०२४’ मार्फत आफूले नेपाललाई विश्वसामु चिनाउने अवसर पाएकको बताइन् । ‘मिस प्लानेट’ मा यो वर्ष थिम ‘दिगो विकास सँंगसँगै मेन्टल हेल्थ अवरनेस’ रहेको थियो । नेपालको प्रतिनिधित्व गर्न उनी नेक्स्ट मोडल्स नेपाल मार्फत कम्बोडिया पुगेकी थिइन् । वीर नर्सिङ क्याम्पसमा मास्टर अध्ययनरत अनिसा पेसाले मनोपरामर्शदाता समेत हुन् । 

 

 

प्रतिक्रिया