एपीजे अब्दुल कलाम
वैज्ञानिक तथा भारतीय पूर्वराष्ट्रपति
शिखरमा पुग्नका लागि ताकत चाहिन्छ । चाहे त्यो माउन्ट एभरेस्टको शिखर होस् या तपाईंको पेशाको । हिम्मत र लगन नभई तपाईं शिखरमा पुग्न सक्नुहुन्न । यसका लागि कृत्रिम सुखको होइन, ठोस उपलब्धिको पछि लाग्नुपर्छ ।
जीवनमा कठिनाइहरू आउँछन् । कठिनाइ हाम्रो जीवन बर्बाद गर्न आउँदैनन् । यिनले त हामीभित्र लुकेका सामथ्र्य बाहिर निकाल्न मद्दत गर्छन् । कठिनाइलाई जान्न दिनुहोस् कि तपाईं ऊभन्दा कठिन हुनुहुन्छ ।
असफलता एउटा रोग हो । यसलाई निर्मूल पार्ने केवल दुई औषधि छन्ः आत्मविश्वास र कडा मेहनत । यी दुई चिजले तपाईंलाई सफल व्यक्ति बनाउनेछन् ।
आफ्नो पहिलो सफलतापछि विश्राम नगर्नुहोस् । किनभने, तपाईं दोस्रो पटक असफल हुनुभयो भने धेरै मान्छेले भन्नेछन्, ‘तपाईंको पहिलो सफलता केवल संयोग थियो ।’
आफ्नो कर्तव्यलाई नमस्कार (स्याल्युट) गर्नुभयो भने तपाईंले कसैलाई नमस्कार गर्नुपर्दैन । तर, आफ्नो कर्तव्यलाई दूषित (पोल्युट) गर्नुभयो भने तपाईंले हरेक मान्छेलाई नमस्कार गर्नुपर्नेछ ।
सफलताका कथाहरू नपढ्नुस् । कसैको सफलताको कथाले तपाईंलाई केवल एक सन्देश दिन्छन् । असफलताका कथाहरू पढ्नुस् । यस्ता कथाले सफल हुनका लागि चाहिने ज्ञान दिन्छन् ।
जिन्दगी र समय सबैभन्दा ठूला शिक्षक हुन् । जिन्दगीले हामीलाई समयको सही उपयोग गर्न सिकाउँछ भने समयले जिन्दगीको उपयोगिता सिकाउँछ ।
मान्छेलाई कठिनाइ आवश्यक छ । सफलताको आनन्द लिनका लागि कठिनाइ जरुरी छ । जीवन कठिन खेल हो । यसलाई जित्नका लागि तपाईंले कडा मेहनत गर्नुपर्छ ।