जाडो सुरु हुनै लाग्दा अभिनेत्री सुषमाले पोस्ट गरिन् हट तस्बिर

राम्रो अनलाइन     ०६ कात्तिक २०८१, मङ्गलबार

अभिनेत्री सुषमा अधिकारी अभिनयका क्षेत्रमा परिचित नाम हो । पछिल्लो समय उनको व्यस्तता बढेको छ । सामाजिक सञ्जालमा उनले पोस्ट गर्ने बोल्ड तस्बिरलाई लिएर भारतको चर्चित दैनिक पत्रिका टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले बेलाबेलमा स्टोरी लेख्ने गरेको छ । 

पहिलो पटक ‘फुलबारीको बाटो हिँड्छौ’ बोलको म्युजिक भिडियोमा उनले अभिनय गरिन् । सुष्मा ‘अनौठो प्रेम कथा’ र ‘पीपल’ फिल्मकी अभिनेत्री पनि हुन् । म्युजिक भिडियोमा हिट भएपछि उनलाई फिल्ममा पनि केही गर्नुपर्छ भन्ने लाग्यो । फिल्ममा ट्राई पनि गरिन् । थुप्रै निर्माता र निर्देशकलाई भेटेको उनी बताउँछिन् । उनले थुप्रै विज्ञापनमा पनि अभिनय गरेकी छिन् । स्टेज कार्यक्रममा पनि उत्तिकै व्यस्त हुन्छिन् ।

सुषमा आफ्नो फिटनेसलाई लिएर निकै कन्सस छिन् । उनी काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बज्र फिटनेसमा नियमित जिम गर्ने गर्छिन् । विगत चार वर्षदेखि निरन्तर जिम गरिरहेकी उनको फिगर निकै आकर्षक भएको छ । आफूलाई मेन्टर गर्न र स्वस्थ्य राख्न जिमले मद्दत गरेको उनी बताउँछिन् । 

महिनामा कम्तिमा तीन/चार वटा म्युजिक भिडियोमा अभिनय गर्छिने, उनले । थुप्रै विज्ञापनमा पनि अभिनय गरेकी छिन् सुषमाले । स्टेज कार्यक्रममा पनि उत्तिकै व्यस्त हुन्छिन् । स्वेदश तथा विदेशमा हुने कार्यक्रमबाट राम्रै कमाइ हुने उनी बताउँछिन् । ‘फुल टाइम मोडलिङमा दिएर नै काठमाडौँमा टिक्न सजिलो भएको छ,’ उनी भन्छिन् । भिडियोबिना गीतको चर्चा कम हुने गरेकाले आफूजस्ता मोडलले काम पाउन थालेको उनी बताउँछिन् । जाडो मौसम सुरु हुनै लाग्दा उनले सोसल मिडियामा स्वीमसुटमा हट तस्बिर पोस्ट गरेकी छिन् । 

प्रतिक्रिया